केरखामा लुम्बिनी बैंकको शाखा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 17:15:30

केरखा । लुम्बिनी विकास बैंक लिमिटेडले झापाको कमल गाउँपालिकाको केर्खा बजारमा आफ्नो ५८औं शाखा विस्तार गरेको छ ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बैंकको शाखा उद्घाटन गरिदिएकी हुन् । उद्घाटन पछि आफ्नो मन्तब्यमा गाउँपालिका अध्यक्ष काफ्लेले स्थानीय व्यवसायीलाई बढीभन्दा बढी सुविधा दिएर बैंकिङ्ग कारोबारका लागि आकर्षित गर्नुपर्नेमा जोड दिइन् । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले २ अर्ब ५० करोड रुपैयाँको चुक्ता पूँजी पुर्याउनु पर्ने प्रावधान बनाए पछि लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड र भिभोर सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर लुम्बिनी विकास बैंक बनेको हो । 

दुई वित्तिय संस्था एक आपसमा गाभिए पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ नाघेको छ । तर तोकिएको मापदण्डमा पुग्न बाँकी रहेकाले त्यसलाई शीघ्र कार्यान्वयन गरिने बैंकका अध्यक्ष सुशिलराज पराजुलीले जानकारी दिए ।

उद्घाटनका दिन आज नै ६५ जनाभन्दा बढीले बैंकमा खाता खोलेर कारोबार सुरु गरेको बैंकका सिइओ झलकप्रसाद खनालले बताए । उनले अधिकांश बैंक शहर केन्द्रित भएको बेला लुम्बिनीले गाउँमा शाखा विस्तार गरेर  ग्रामीण जनतालाई बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्य लिएको दाबी गरे । 
 

प्रतिकृया दिनुहोस