पूर्णिमालाई वक्ताको सुझाव : उत्पादनशील क्षेत्रमा लगानी गर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 16:55:35

30112-20171114165535.jpg

बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । 

४३७ जना शेयर सदस्य रहेको संस्थामा २९ लाख ८९ हजार १९९ रुपैयाँ पूँजी रहेको छ भने समीक्षा वर्षमा ८ लाख ९७ हजार ४० रुपैयाँ आम्दानी गरेको संस्थका सचिव हिमाल मैनालीले बताए । 

संस्थाले एक करोड चार लाख २० हजार २५० रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । 
पूर्वमन्त्री जितु गौतम, बिर्तामोड नगरपालिका प्रमुख ध्रुबकुमार शिवाकोटी, जिफण्ड क्यूपेक नेपालका महासचिव अम्बिरकुमार लिङ्देनलगायतले साधारणसभा उद्घाटनको अवसरमा मन्तब्य राखेका थिए । 

सबैजसो वक्ताहरुले अब सहकारीले वित्तीय कारोबारमा मात्र ध्यान नदिई उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका थिए । 

साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता ज्योति सेडाईं, तारा खाती, विभुति ओली, पूर्णिमा अधिकारी, उत्कृष्ट ऋणी देवकुमारी चौधरी र उत्कृष्ट बाल बचतकर्ता रेखा पौडेललाई सम्मान गरेको छ । 

त्यस्तै संस्थाका सदस्य रही उत्कृष्ट व्यवसाय गर्दै आएका पूर्णवती राजवंशी (ब्यूटीपार्लर), विरु दर्नाल (टेलरिङ), बालकृष्ण दर्जी (मासु), अनुषा लिम्बू (होटल) र मेघराज घतानी (सुन व्यवसायी)–लाई संस्थाले सम्मान गरेको छ । 

संस्थाका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिमाल मैनालीले गरेका थिए । 

प्रतिकृया दिनुहोस