‘समृद्धिको लागि दलहरुबीचको एकता आवश्यक’


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 13:03:25

30109-20171114130325.jpg

मेचनिगर । झापा क्षेत्र नं. १ को मेचीनगर नगरपालिकाका विभिन्न वडाहरुमा नेपाली कांग्रेसले सोमबार चुनावी कोणसभा तथा घरदैलो कार्यक्रम गरेको छ । 

प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मा तथा प्रदेशसभा सदस्यका उम्मेदवार केशवराज पाण्डेसहितको सहभागितामा चुनावी प्रचार अभियान चलाइएको हो । 

सो अवसरमा आफ्ना धारणा राख्ने क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले राजनीतिक कुराले मात्र देश नबन्ने हुँदा अब समृद्धिको बाटोमा लाग्नु पर्ने आवश्यकता औंल्याए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शर्माले सिङ्गो देशका राजनीतिक पार्टीहरु एक ठाउँमा उभिएर सबैले विगतमा भएका कुराहरुलाई बिर्सिएर देशलाई समृद्धितर्फ लानुपर्ने आवश्यकता दर्शाए ।

प्रदेशसभा सदस्यका उम्मेदवार केशवराज पाण्डेले खुल्ला अर्थतन्त्रमा विश्वास राख्ने भएकोले चीन र भारत समृद्धिको शिखरमा पुगिसकेको अवस्थामा अबका दिनमा सबै नेतृत्वले एकजुट भएर त्यही पदचाप समाउँदै  एउटै लक्ष्य राख्नुपर्ने सुझाए । 

प्रतिकृया दिनुहोस