एनएमसीले दियो भक्का बनाउने तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २७ 15:23:29

ईंटाभट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगत महिला समितिको आयोजनामा भक्का बनाउने एकदिने तालिम सोमबार सम्पन्न भएको छ । 

एनएमसी डेरीको प्राविधिक व्यवस्थापनमा सम्पन्न तालिममा भक्का बनाउने प्राविधिक तथा विषयगत तालिम प्रदान गरिएको थियो ।

एनएमसी डेरीले भक्कालाई सडकबाट रेष्टुरेन्टमा स्थानान्तरण गर्ने रणनीति लिँदै यो अभियानको थालनी गरिएको एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले बताए ।

सडक सधैँ भक्का बनाउनका लागि उपलब्ध नहुने साथै सडकमा बन्ने भक्का स्वास्थ्यवद्र्धक पनि नहुने हुँदा यसलाई स्थानान्तरण गर्दै चिया पसल र रेष्टुरेन्टसम्म भक्कालाई पुर्याउनु पर्ने उनले बताए । भक्का पकाउने माटोको भाडालाई प्रतिस्थापन गर्दै मःमः पकाउनेजस्तो भाँडामा भक्का पकाउनु पर्नेमा उनले जोड दिए । 

डेरीको सभाहलमा सम्पन्न तालिममा श्याम मिश्र र एनएमसी डेरीको गुणस्तरीय विभाग प्रमुख करिश्मा प्रधानले सहजीकरण गरेका थिए । १५ जनाभन्दा बढी सहभागीले प्रशिक्षण लिएको कार्यक्रममा महिला समितिका संयोजक भगवती घिमिरे तथा सदस्यहरुको सहभागिता थियो ।
 

प्रतिकृया दिनुहोस