तिम्सिनासहित ७ नेपालीलाई अन्तरराष्ट्रिय साहित्य सम्मान


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २७ 11:43:32

30089-20171113114332.jpg

मोरङ । भारतको उत्तरप्रदेशमा आयोजना भएको ‘अन्तरराष्ट्रिय तथागत सृजन सम्मान २०१७’ बाट नेपालका ७ जना साहित्यकारहरु सम्मानित भएका छन् ।

उत्तरप्रदेशको इटवा सिद्धार्थनगरस्थित सिद्धार्थ तथागत कला साहित्य संस्थानको आयोजनामा आइतबार सम्पन्न साहित्यिक कार्यक्रममा मोरङ पथरीशनिश्चरेका  साहित्यकार, पत्रकार एवम् कलाकार भूपेन्द्र तिम्सिनासहित सम्मानित भएका हुन् ।

उनीहरुलाई साहित्य र कलाको क्षेत्रमा योगदान गरेकामा सम्मान गरिएको हो ।

कार्यक्रममा कस्मिरकी साहित्यकार डाक्टर दरखसाँ अन्दराबीले तिम्सिनासहित काठमाडौंका डाक्टर रघुवीर शर्मा, जनाद अब्दुल मोबिल खाँ, मोरङकी गंगा सुवेदी, नेपालगञ्जका सनत रेग्मी, ऋचा लुइटेल र शान्ति अधिकारीलाई सम्मानित अर्पण गरेकी हुन् । गंगा सुवेदी र सनत रेग्मी भनें कार्यक्रममा अनुपस्थित रहेका थिए ।

नेपालका साहित्यकारका साथै नेपालीभाषी साहित्यकार सिक्किमकी जीविका खतिवडा अश्रु, जयन्ती मुखिया, दार्जीलिङकी शोभा लिम्बू, लतिका जोशी, उर्मिला घिसिङ सहित ७० जनालाई सम्मानपत्र, दोसल्लाले सम्मानित गरिएको छ ।

भारतको सिक्किम, दार्जीलिङ, लखनउ, वनारस, छत्तिसगढ, दिल्ली, पञ्जाव, गुजरात, आसाम, राजस्थान, पटना तथा भूटानसहितका विभिन्न भाषाका साहित्यका ज्ञाता तथा सर्जकहरु सम्मानित भएको संस्थाका अध्यक्ष डाक्टर भास्कर शर्माले जनाएका छन् । 

प्रतिकृया दिनुहोस