ओलीलाई मधेशीले भोटै दिँदैनन्, मेरो जीत निश्चितः कांग्रेस उम्मेदवार अधिकारी


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २६ 16:44:42

दमक । नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले मंसीर २१ गते हुने निर्वाचनमा आफ्नो जीत निश्चित रहेको दाबी गरेका छन् ।

विगत लामो समयदेखि एउटै उम्मेदवारलाई जिताउँदा पनि केही विकास नभएको जिकिर गर्दै अधिकारीले आसन्न निर्वाचनमा यस क्षेत्रका नागरिकले आफूलाई मतदान गर्ने निश्चित रहेको दाबी गरेका हुन् ।  

नेपाल महिला संघ क्षेत्रीय समितिले आज दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले यस क्षेत्रमा मधेसी समुदायको पनि ठूलो संख्या रहेकोले केपी ओलीलाई आफ्नो प्रतिनिधि चुन्नै नसक्ने जिकिर गरेका हुन् । 

महिला संघका क्षेत्रीय सभापति रेगिना भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा (ख) का उम्मेदवार राजनबहादुर ढुंगानाले लोकतन्त्रको रक्षाको लागि जनताले कांग्रेसलाई भोट दिने विश्वास व्यक्त गरे । 

प्रतिकृया दिनुहोस