अर्जुनधाराका वडावडामा वाम गठबन्धनको निर्वाचन परिचालन समितिहरु


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २६ 13:52:46

30080-20171112165952.jpg

अर्जुनधारा । मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा गठबन्धनका उम्मेदवारलाई झापा २ को (ख) मा बहुमतका साथ विजयी गराउन अर्जुनधारा–९ का एमाले नेता युवराज प्रसाईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।
 
प्रचारप्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अर्जुुनधारा ९ स्तरीय वडासमिति गठन गरिएको हो । प्रचारप्रसार समितिको सह–संयोजकमा मोहन पौडेल रहेका छन् ।

समितिको सचिवालय सदस्यमा नन्दीकेशर पौडेल, दुर्गा पौडेल, नरेन्द्र अधिकारी, रमेश भट्टराई, केदार ढुङ्गेल, पुष्प तामाङ, युवराज नेपाललगायत रहेका छन् ।
 
वाम देशभक्त तथा राष्ट्रवादी गठबन्धनको निर्वाचन परिचालन समिति अन्तरगत गठित सो समितिको संयुक्त वडा कार्यालय नेकपा एमालेका केन्द्रीय सदस्य भाष्कर काफ्ले उदघाटन गरेका थिए । 

कार्यक्रममा केन्द्रीय सदस्य काफ्ले, क्षेत्र न २ प्रदेशसभा (ख) का उम्मेदवार बृख प्रधानलगायतले गठबन्धन बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य अस्मिता कन्दङवा, एमाले नगर अध्यक्ष प्रेमसागर सापकोटा, वडाअध्यक्ष पुष्प प्रसाईलगायतको उपस्थिति रहेको थियो ।
 
यता अर्जुनधारा–५ पानीकंलस्थित टोल नं. ६ मा पनि उमानाथ लम्सालको संयोजकत्वमा २९ सदस्यीय संयुक्त निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

निर्वाचन प्रचारप्रसार समितिका सदस्य ध्यानबहादुर भारतीको अध्यक्षतामा सम्पन्न भेलामा कार्यक्रम सञ्चालन देवराज बुढाथोकीले गरेका थिए ।
 
आसन्न निर्वाचनमा वामपन्थी देशभक्त राष्ट्रवादी गठबन्धनका तर्फबाट झापा– २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महिला नेतृ पवित्रा निरौला खरेल, प्रदेशसभा सदस्य २ (क) मा एकराज कार्की र प्रदेशसभा सदस्य २ (ख) मा बृख प्रधानले उम्मेदवारी दिएका छन् ।


अर्जुनधारा २ मा वाम गठबन्धनको ५०१ सदस्यीय प्रचार समिति

वाम गठबन्धन तथा देशभक्त राष्ट्रवादी मोर्चाबाट निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य उम्मेदवारहरुलाई विजय गराउन सिएन सापकोटाको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।

त्रीदलीय गठबन्धनका नेता कार्यकर्ताको अर्जुनधारा २ मा भएको भेलाले निर्वाचन प्रचार कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजकको जिम्मेवारी योगेन्द्र बराललाई तोकिएको छ भने सचिवमा डोर उपरखुटी रहेका छन् । 

प्रदेशसभाको (ख) क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउँदै वाम देशभक्त तथा राष्ट्रवादी गठबन्धनको तर्फका प्रदेशसभा सदस्य उम्मेदवार बृख प्रधान र प्रतिनिधिसभाका उम्मेदवार एमालेका पवित्रा खरेल निरौलालाई बहुमतका साथ जिताउने अभियान सञ्चालन अघि बढाउन समिति गठन गरिएको संयोजक सापकोटाले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा वडा २ क्षेत्रको निर्वाचन परिचालन मूल कमिटीका समेत गठन गरिएको छ ।

प्रदेशसभाका लागि ख क्षेत्रका उम्मेदवार बृख प्रधान, एमाले केन्द्रीय सदस्य भाष्कर काफ्ले, राप्रपाका उपाध्यक्ष इन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तुलसीप्रसाद खतिवडा लगायतले बोलेका थिए । 

प्रतिकृया दिनुहोस