नेविसंघले झापामा १० हजार विद्यार्थी परिचालन गर्ने


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २६ 05:45:46

30072-20171112054546.jpg

झापा । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाले १० हजार बढी विद्यार्थीहरु परिचालन गर्ने कार्यक्रम ल्याएको छ । 

नेपाली काङ्ग्रेस झापा जिल्लाका प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई विजयी गराउनका लागि विद्यार्थी परिचालन गर्न लागिएको जिल्ला सभापति रोशन विष्टले जानकारी दिए ।

नेवि संघका केन्द्रीय सदस्य खड्ग पङ्गधाक सुब्बा, नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल र जिल्ला सचिव प्रेम सम्बाहाम्फेको उपस्थितिमा जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले कक्षा १० माथिका १० हजार विद्यार्थी परिचालन गर्ने निर्णय गरेको सहसचिव भुपेन्द्र थेवेले जानकारी दिएका छन् ।

झापाका १५ ओटै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गरी नेवि संघको झण्डासहित उक्त संख्यामा विद्यार्थी उतार्ने निर्णय भएको सचिव थेवेले बताए । 

कार्यक्रममा बोल्दै नेविसंघ झापाका सभापति विष्टले नेपाली कांग्रसेले मात्रै नेपालमा दिगो विकास गर्ने र मुलुकलाई समृद्धि तर्फ धकेल्ने जिकिर गरे । उनले लोकतान्त्रिक गणतन्त्र नै अहिलेको आवश्यकता र जनताको चाहना रहेको भन्दै अहिलेसम्म भएका उपलब्धीहरुलाई संस्थागत गर्न कांग्रसलले मात्र सक्ने दाबी पनि गरे । 

अर्का वक्ता नेवि संघका केन्द्रीय सदस्य पङ्गधाकले स्वाधीन नेपाल निर्माण गर्न युवा शक्ति आवश्यक परेको बताउँदै स्वच्छ राजनीति र छिटो समृद्धि आजको आवश्यकता भएको औंल्याए । उनले कांग्रेस पार्टीमा आदर्श, मूल्य, मान्यता र सिद्धान्त रहेको भन्दै लोकतन्त्रको रक्षार्थ एक ठाँउमा उभिएर संघर्ष गर्न आग्रहसमेत गरे । 

प्रतिकृया दिनुहोस