पार्टीका नेताको सोचाई फेरिन आवश्यकः विश्वप्रकाश


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २६ 05:22:31

30070-20171112052231.jpg

काँकरभिट्टा । झापा क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले अबको मुद्धा राजनीतिक नभई समृद्धिको हुनुपर्ने जिकिर गर्दै पार्टीका नेतृत्व बद्ल्नु पर्ने या परिस्कृत हुनुपर्नै कुरामा जोड दिएका छन् ।

शनिबार मेचीनगर– १० स्थित धोडापट्टी चोक र मेचीनगर– ६ स्थित मिनी मार्केटमा भएको चुनावी  कोणसभालाई सम्बोधन गर्दै उनले नेतृत्वको सोचाईमा व्यापक रुपान्तरणको आवश्यकता औंल्याएका हुन् । 

आफू प्रतिनिधिसभामा विजयी भएर सांसद या मन्त्री बन्न मात्र आएको नभएर अबको एक दशकमा देशकै प्रधानमन्त्री बन्ने लक्ष्य तथा महत्वकाक्षाका साथ मतदाताहरु माझ आएको शर्माको जिकिर थियो । 

सो अवसरमा प्रदेशसभाका उम्मेदवार केशवराज पाण्डेले बहुलबाद र खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने कुरा गर्दै सीमाना जोडिएको भारतको पश्चिम बंगालमा कम्युनिष्ट पार्टीले तीन दशक लामो सत्तामा बसेर गरेका विकासका कामहरु र मोडलहरुबारे चर्चा गरेका थिए ।

चनावी कोणसभाहरुमा पूर्व सांसद उषा गुरुङ्गले पछिल्लो संविधानसभाको निर्वाचनमा टुरिष्ट उपमाले चिनिएका उपविजेता विश्वप्रकाशले यस क्षेत्रमा हरपल रहेर सहयोगी भावनाले काम गरेको सुनाइन् । स्वास्थ्यको नाममा होस् या बाढी पिडीतको नाममा या भूकम्प पिडितको नाममा या असह्य बालबालिकाको नाममा किन नहोस् उनले सामाजिक सेवामा सक्दो प्रयास खर्चेको गुरुङले प्रष्ट पारिन् । 
 

प्रतिकृया दिनुहोस