जनश्रुतीको चौथो साधारणसभा सम्पन्न 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २५ 15:39:48

बिर्तामोड । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । 

साधारणसभामा अध्यक्ष तुलकुमारी राजवंशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

साधारणसभा उद्घाटनको अवसरमा संस्थाका बचतकर्तामध्ये बिष्णुप्रसाद राजवंशी र संगीताकुमारी थिङ तथा कर्जा कारोबार गर्नेमध्ये तिलक बराइली र रसना राजवंशीलाई उत्कृष्ट छनोट गरी सम्मन गरियो । 

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवरले उत्कृष्ट कारोबारीहरुलाई सम्मान प्रदान गरेकी हुन् । 

कूल २० लाख ४४ हजार रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा सबै शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरु महिलामात्रै रहेकोसंस्थाका सचिव ममता राजवंशीले जानकारी दिएकी छन् । 

प्रतिकृया दिनुहोस