नेभ्डामा भट्टराई निर्विरोध, पोखरेल र ढुङ्गाना सम्मानित


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २४ 21:03:42

30041-20171110210342.jpg

झापा । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ (नेभ्डा) मेची शाखाको आज सम्पन्न छैटौं अधिवेशनबाट २ वर्षे कार्यकलका लागि अध्यक्षमा विष्णुप्रसाद भट्टराई निर्विरोध निर्वाचिन भएका छन् ।

बिर्तामोडमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा घनश्याम निरौला, सचिव श्यामबहादुर निरौला र कोषाध्यक्ष सन्तोष भट्टराईलाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक  तुलसी भण्डारीले जानकारी दिए ।
 
संघको कार्यसमितिका सदस्यहरुमा दिपक बराल, प्रमोदानन्द दुलाल, दिनेशचन्द्र महतरा, यसोदा खड्का निर्वाचित भएका छन् ।

अधिवेशको अवसरमा अग्रज व्यवसायी केशबप्रसाद पोखरेल र चन्द्र ढुङ्गानालाई नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष हेमराज बडालले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान अर्पण गरे । 

प्रतिकृया दिनुहोस