जिल्लाभर एकैदिन एनएमसीका विविध कार्यक्रम


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २४ 20:47:26

30040-20171110204726.jpg

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) का विषयगत समितिहरुको छुट्टा छुट्टै आयोजनामा शुक्रबार जिल्लाका विभिन्न स्थानमा फरक फरक विधाका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

संस्थाको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा खुदुनबारीको जनता माविमा जिल्लास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा अर्जुनधारा–६, लक्ष्मीपुरस्थित लक्ष्मी मावि प्रथम, बुधबारेको बुद्ध आदर्श मावि दोस्रो, खुदुनाबारीस्थित जनता मावि तेस्रो भए । यस्तै बुद्धशान्ति–३, जयपुरस्थित आदर्श माविले सान्त्वना पुरस्कार हात पारेको छ । 

अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत, अभियान नेपालका हरि वाग्ले, जनता माविका सहायक प्रधानाध्यापक डम्बरकेशर नेपाल, समिति सदस्य कृष्णप्रसाद भट्टराईलगायतले आफ्ना धारणा राखेका थिए ।

संस्थाका सामुदायिक विभाग प्रमुख हरिभक्त बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन समिति सदस्यद्वय गोपाल प्याकुरेल र सावित्रा दाहालले गरेका थिए ।

यसैगरी एनएमसीको युवा सरोकार समितिको आयोजना तथा संस्था अन्तरगतको बुधबारे कार्यालयको स्थानीय व्यवस्थापनमा एकदिने युवा उद्यमशीलता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
 
बुधबारेस्थित रेडक्रस भवनमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेल र युवा सरोकार समितिका सदस्य राजु उप्रेतीले गरेका थिए । 

समितिका संयोजक हर्क सुब्बा फ्याकको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका बुधबारे कार्यालयगत समिति सदस्य डिल्लीराम तिम्सिनाले गरेका थिए । 

यसैगरी संस्थाका विभिन्न कार्यालयहरुको आयोजनामा सदस्य शिक्षा कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । चारआली कार्यालयको आयोजनामा सम्पन्न सदस्य शिक्षा कार्यक्रममा भूपाल गौतम र तेजकुमारी घिमिरेले सहजीकरण गरेका थिए । 
 

प्रतिकृया दिनुहोस