ह्वाइट वासको फाइनल यात्रा तय 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २३ 20:01:55

सुरुङ्गा । यहाँ जारी पूर्वाञ्चल स्तरीय टी—२० खुल्ला नकाउट क्रिकेट प्रतियोगिताको आज सम्पन्न दोस्रो सेमीफाइनल खेलबाट ह्वाइट वास क्रिकेट क्लब सुरुङ्गाले फाइनल यात्रा तय गरेको छ ।

ह्वाइटवास क्रिकेट क्लबले बेलबारी क्रिकेट क्लब मोरङसँग खेलेको आजको सेमीफाइनलमा ह्वाइट वास ६० रनले विजयी भएको हो । ह्वाइट वासले २० ओभर खेल्दै १३० रन बनाएको थियो । 

१३१ रनको लक्ष्य लिएर मैदान उत्रिएको बेलबारी क्रिकेट क्लबले १३ ओभर ४ बलमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै ७० रनमात्र जोड्न सक्यो । 

खेलको म्यान अफ दि म्याच ह्वाइट वासका क्षितिज पोर्तेल भएर नगद एक हजार रुपैयाँ पाए । 
शनिबार हुने फाइनल खेलमा अब ह्वाइट वास सुरुङ्गा र पूर्वाञ्चल क्रिकेट एकाडेमी विराटनगर आमने सामने हुने भएका खेलकुद संयोजक प्रदिप गजमेरले जनाए ।   

प्रतिकृया दिनुहोस