पूर्वाञ्चल क्रिकेट एकाडेमी फाइनलमा 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २२ 19:10:52

30012-20171108191052.jpg

सुरुङ्गा । सुरुङ्गामा जारी पूर्वाञ्चल स्तरीय टी—२० खुल्ला नकाउट क्रिकेट प्रतियोगिताको बुधबार भएको पहिलो सेमीफाइनलबाट पूर्वाञ्चल क्रिकेट एकाडेमी बिराटनगर फाइनलमा प्रवेश गरेको छ ।

कनकाई सचेत युवा क्लब र ह्वाइट वास क्रिकेट क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बिराटनगर र युथ एकाडेमी क्रिकेट क्लब राजविराजबीच सेमीफाइनल खेल भएको थियो ।

२० ओभरको खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीले पहिले ब्याटिङ् गरेकोमा १४७ रन बनाएको थियो । 

१४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको युथ क्रिकेट एकाडेमीले १८ ओभर ५ बलमा आफ्नो सबै विकेट गुमाउँदै हार व्यहोर्न बाध्य भयो ।

खेलको म्यान अफ दि म्याच मुकुन्द यादव घोषित भए । 

प्रतिकृया दिनुहोस