विद्यार्थीको निशुल्क आँखा जाँच


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २२ 18:50:23

30011-20171108185023.jpg

मेचीनगर । बालकल्याण माध्यमिक विद्यालय मेचीनगर–५ मा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

शिविरमा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको छ ।
दुर्गा चन्द्र मेमोरियल ट्रष्टको आयोजना तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा भएको शिविरमा १४३ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ ।

ट्रष्टका संयोजक रश्मी चापागाईको नेतृत्वमा गएकोे टोलीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको हो । आँखा परीक्षणको क्रममा १२ जना विद्यार्थीलाई विभिन्न समस्या देखिएकाले उनीहरुको थप उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
 

प्रतिकृया दिनुहोस