इरानको रवैयाका कारण युद्ध निम्तने साउदी अरबको चेतावनी


एजेन्सी, प्रकाशित मिति : २०७४ ,कार्तिक , २२ 07:42:31

30000-20171108074231.jpg

काठमाडौं । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ ।

साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाएका हुन् । उनले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राखे ।

इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत साउदीका राजकुमारले दिएका छन् । यद्यपी इरानले भने साउदीको आरोपलाई अस्वीकार गरेको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए ।

हुथी बिद्रोहीले गत शनिबार साउदी अरबमा बुरकान एचटु मिसाइल प्रहार गरेका थिए ।

पछिल्लो समय यमनको मामिलालाई लिएर इरान र साउदीबीचको सम्बन्धमा दरार आएको छ ।

प्रतिकृया दिनुहोस