युएईका श्रम सहचारी यादवको विदाई गरिँदै


सुर्य खवास , प्रकाशित मिति : २०७४ ,कार्तिक , २१ 14:26:10

29989-20171107142610.jpg

युएई । नेपालीहरुको वैदेशिक रोजगारीको मुख्य गन्तब्य मध्यपूर्वको  युएईमा श्रम सहचारी बनेर आएकी हिराकुमारी यादवले आफ्नो  कार्यकाल पूरा गरी नेपाल फर्कन लागेकोले उनको भब्य विदाई गरिने कार्यक्रम तय भएको । 

वैदेशिक रोजगारीको शिलशिलामा नेपाली श्रमिकहरुले भोग्नु परिरहेका विभिन्न समस्याहरुको समाधान र सहजीकरण गर्ने कार्यमा आफ्नो दक्षता खर्चिएकी यादवलाई दुई दर्जन हाराहारी नेपाली संघ–संस्थाहरुले सामुहिक विदाई गर्न लागेका हुन् । 

१९ फेब्रुअरी २०१५ बाट नेपाली राजदुतावास अबुधाबीमा कार्यारम्भ गरेकी श्रम सहचरी यादव यसै महिना नेपाल फर्कने तयारीमा छन् । उनको विदाई सम्मानमा युएईमा कृयाशील दुई दर्जन बढी नेपाली संघ–संस्थाले आगामी १० नोभेम्बर २०१७ का दिन संयुक्त रुपमा विदाइ गर्न लागेको विदाई कार्यक्रमका संयोजक भरत शिवाकोटिले जानकारी दिएका हुन् ।

श्रम सहचारी बनेर आफ्नो जिम्मेवारीमा रहँदा यादवले युएईमा कार्यरत नेपाली श्रमिकलाई परेको समस्यामा उच्च प्राथमिकताका साथ समाधानका लागि योगदान दिएको आयोजक संघ–संस्थाको को ठहर छ ।

प्रतिकृया दिनुहोस