गुँरास झैँ मुहारले सोल्टी अनिल ठहरै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २१ 14:05:03

29988-20171107140503.jpg

चुलाचुली । गाउँ आउँदै गरेकी सोल्टिनी (केकी अधिकारी)लाई लिन बस बिसौनीमा खुसीले दौडिएर बस रोकेकै ठाउँमा ब्याग खोसाउन पुग्छन्, सोल्टी (अनिल सुब्बा) । 

चञ्चली सोल्टिनी पानी खान धारामा पुग्छिन, सोल्टिनीको हेन्ड ब्यागलाई स्पर्श गर्दै पुलकित नजरले गुराँस झैं मुहार हेर्न बसेको सोल्टिको मुड खुसीले अगाडि–पछाडि  भिरेको ब्याग बोकेर नाँच्दै सोल्टिनी संगै, वनभोज खान आएको समूहमा मिसिन पुग्छ । 

जहाँ गायक विनोद राई सोल्टी–सोल्टीनी बीच अवरोध बन्न आईपुग्छ । 

त्यहीँबाट मोटरमा चडाएर सोल्टीनी लगिदिए पछि अनिल ठहरै हुन पुग्छ । दुवै हातमा ब्याग लिएर उठेको अनिल अलमल्लमा छोडिन्छ । 

भर्खरै युटुवमा सार्वजनिक भएको गायक विनोद राईको ‘पारो’ एल्बमको तेस्रो म्युजिक भिडियो गुँरास झै मुहार...... को दृश्य चर्चा हो ।

अनिल सुब्बाको अभिनयमा आफ्नोपन देखिनाले भिडियो अब्बल बनेको छ । इलाम चुलाचुली रंगमञ्चबाट अभिनय यात्रा सुरू गरेका उनले नेपाली रंगमञ्चमा अब्बल अभिनय गर्दै आएका छन् । 

रंगकर्मी अनिल सुब्बाले गायक डम्बर नेपालीको ‘कि जंगे जेलमा कि जंगे रेलमा........’, बोलको गीतको म्युजिक भिडियोबाट डेब्यु गरेका उनले विनोद राईको ‘आलै छ माया.....’ गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

४ मिनेटको भिडियो हाईलाइट नेपालले सार्वजनिक गरेको हो । कला संग्रौला निर्देशन भिडियो गीतमा प्रकाश आङदेम्बेको शब्द, बाबु बोगोटीको संगीत रहेको छ । 

भिडियोमा केकी अधिकारी, रंगकर्मी अनिल सुब्बाको क्यामेस्टि रहे पनि स्वयम् गायक विनोद राई पनि देखिन्छन । 

म्यूजिक भिडियोमा मनिकुमार राईको कोरियोग्राफी तथा उज्वलको छायांकन रहेको छ । भिडियोमा गाउँले परिवेशमा आधारित कथा रहेको निर्देशक संग्रौलाले बताइन् ।

गायक राईले यसभन्दा अघि ‘पारो’ एल्वममा समाविष्ट दुई वटा गीतको म्यूजिक भिडियो ल्याइसकेका छन् ।

                                                                               प्रस्तुति– चेतन आङथुपो

प्रतिकृया दिनुहोस