आँखा शिवीरबाट २२० जना लाभान्वित


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २१ 13:45:17

29987-20171107134517.jpg

धरान । नेपाल सुक्ष्मजीव विज्ञान विद्यार्थी समाजले धरान १४ स्थित दन्तकाली माविमा अध्ययनरत १० वर्ष सम्मका बालबालिका तथा स्थानीय बृद्धबृद्धाहरुको निःशुल्क आँखा जाँच शिविर सोमबार सम्पन्न गरेको छ ।

विद्यार्थी समाजका अध्यक्ष पंकज भट्टराईको सभापतित्व, दन्तकाली माविका प्रधानाध्यापक सीताराम कोइरालाको प्रमुख आतिथ्य तथा समाजसेवी मञ्जिल कसजुको विशेष आतिथ्यमा सो शिवीर सञ्चालन भएको थियो । 

आँखा शिविरबाट विद्यार्थी तथा स्थानीय बृद्धबृद्धा गरी २२० जना लाभान्वित भएका अध्यक्ष भट्टराईले जानकारी दिए ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय वडा सदस्य मञ्जिल कसजुको विशेष सहयोगमा समुदाय लक्षित कार्यक्रम अन्र्तगत सो शिविर सञ्चालन भएको समाजका अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रम विद्यार्थी समाजका सचिव सरिता खनालले सञ्चालन गरेकी थिइन ।

प्रतिकृया दिनुहोस