शताब्दी कै यूगपुरुष


अमित संग्रौला , प्रकाशित मिति : २०७४ ,कार्तिक , १९ 12:21:49

(कविता)

29956-20171105122149.jpg

सूर्यको उज्यालोलाई छेकेर 
एउटा बन्द कोठामा
मेरो लोग्ने  भनौंदो 
प्रवेश गर्छ म सुत्ने ओछ्यानमा 
र, मुस्कुराउँछ छेउमा आइपुग्छ 
शरीर मन आत्मासम्मको 
कुरा गर्न थाल्छ 
मेरो आलिंगनमा टाँसिन आउँछ 
अनि एउटा मिठो चुम्बन दिन्छ 
त्यसपछि औधी प्रेम गर्छ 
भुल्दै जान्छ परमात्माको प्रेमबाट 
अर्कै लोकमा गएको 
अनुभव गर्छ उ ।

सुम्सुमाउँछ छामछुम गर्छ 
केही समयपछि सम्भोग गर्छ 
र, उसको वीर्यबाट 
मेरो पेटमा गर्भधारण हुन्छ 
अनि बन्नेछु उसको वीर्यबाट 
म गर्भवती हुनेछु 
सारा प्रसव पीडा सहेर 
जन्मिन्छ एउटा नवजात शिशु 
जो आजको यूगलाई परिवर्तन गर्न सक्छ 
विपीजस्तो पनि हुन सक्छ 
महात्मा गान्धीजस्तो पनि हुन सक्छ 
जे होस् यो यूग परिवर्तन भएर नै छाड्छ 
त्यसैले त्यो बन्न सक्छ 
शताब्दीकै एकमात्र यूगपुरुष ।।


                               बिर्तामोड, झापा 
 

प्रतिकृया दिनुहोस