यस्तो पनि हुन्छ दूर्घटनाको कारण !  


द्रोण अधिकारी , प्रकाशित मिति : २०७४ ,कार्तिक , १८ 19:28:15

29946-20171104192815.jpg

भद्रपुर । सामान्यतया सवारी दूर्घटना हुनका लागि सडकको अवस्था, मानवीय कमजोरी वा सवारी साधनको इन्जीनमा खराबी हुनुपर्ने धारणा हुन्छ । जोखिमपूर्ण सडक, ब्यस्त सडक वा जीर्ण सडकमा गुड्ने सवारी दूर्घटना हुन्छ वा मानवीय गल्ती, कमजोरी कारक बन्न जान्छ । 

तर कहिलेकाहीँ सजिलो बाटोमा सामान्य गतिमा गुडिरहेको सवारी एकएक सडकमा दूर्घटना हुनु भनेको पनि असामान्य घटना मान्नुपर्छ । आज एउटा यस्तै असामान्य झैं लाग्ने दूर्घटना भएको छ ।
  
आज मध्यान्न १२ बजेको हाराहारी समयमा भद्रपुरबाट काँकरभिट्टातर्फ गुडेको भारतीय नम्बर प्लेट भएको जीप मेचीनगर नगरपालिका १४ ज्यामिरगढी बजार भन्दा १ किलोमिटर दक्षिण एनसेल टावर छेउ एकाएक ढलेको थियो । एप के ०१ जेड ०५२२ नम्बरको सो जीप बीच सडकमा पल्टिएको हो । अन्दाजी ५–६ वर्षीया जस्तीे देखिने बालिकाले पटक–पटक सडक पार गर्दै गरेको दृष्य चालकको आँखामा घुमेपछि घटना भएको रहेछ । 

चालक जीवन क्षेत्री भन्छन्, ‘बालिकाले पटक–पटक सडक पार गर्दै गरेको दृष्य आँखामा घुमेपछि गाडी रोक्न खोज्दा पनि नरोकिए पछि पल्टिएको हो ।’ गाडी पल्टिएको देखेर उद्धार गर्न आएका स्थानीयलाई चालकले दिएको बयान सुन्दा अचम्म लागेको थियो । 

बाटा वरपर चालकले भनेजस्तो बालिका कहीँ नदेखिएपछि देवी प्रकट भएको भन्दै स्थानीयले चालकलाई पूजाआजा गर्न र धामी लगाउन सल्लाह दिएका थिए ।

शब्द–तस्वीरः द्रोण अधिकारी
 

प्रतिकृया दिनुहोस