देउसीभैलो समापनमा सहयोगीलाई सम्मान 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , १८ 19:05:32

29945-20171104190533.jpg

काँकरभिट्टा । युनिक मुभमेन्ट डान्स एकाडेमीले आयोजना गरेको देउसी–भैलो समापन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

मेचीनगर–६ स्थित भट्टराई चौकमा आयोजित सो कार्यक्रमको प्रमुख आतिथ्य मेचीनगरका प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती, ६ नम्बर वडाध्यक्ष ललित तामाङ, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापालगायतले डान्स एकेडमी तथा सांस्कृतिक पर्वहरुका बारेमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा आयोजकले देउसी–भैलो अभियानमा सहयोग पुर्याउने निनन बस्नेतलगायत  दर्जनौं व्यक्तित्वलाई सम्मान अर्पण गर्यो ।

एकाडेमीमा प्रशिक्षणरत बाल कलाकारहरुले कार्यक्रममा विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरे ।


 

प्रतिकृया दिनुहोस