झापा केवलले चुम्यो लर्ड बुद्ध सुपर सिक्सको उपाधि


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , १८ 18:53:58

29944-20171104185358.jpg

काँकरभिट्टा । पूर्व राष्ट्रिय क्रिकेटर मनोज कटुवालको निजी क्रिकेट एकाडेमी लर्ड बुद्धले आयोजना गरेको प्रथम मेची नेत्रालय कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि झापा केवल नेटवर्क काँकरभिट्टाले जितेको छ  ।
  
शनिबार काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा नेपाल बैंक लिमिटेड शाखा काँकरभिट्टालाई चार विकेटले पराजित गर्दै झापा केवलले उपाधि जितेको हो ।
 
उपाधिसँगै झापा केवलले नगद २५ हजार रुपैयाँ जित्यो । नेपाल बैंकले १० हजार रुपैयाँमा चित्त बुझायो ।  

निर्धारित ५ ओभरको खेलमा ३ ओभर ४ बलमा २२ रन बनाएको नेपाल बैंकलाई झापा केवलले बिना विकेटको क्षतिमा २ ओभर ४ बलमै लक्ष्य पूरा गरेको थियो । झापा केवलका अंकित सुवेदीले १० र प्रवेश कामतीले १२ रन बनाए ।
 
कामती फाइनल खेलको म्यान अफ दि म्याच र प्रतियोगिताकै उत्कृष्ठ खेलाडी बने । बेष्ट ब्याट्समेनको उपाधि नेपाल बैंकका मोविन अली, बेष्ट बलर डाइनोमिक कम्प्लेक्स बिराटनगरका नारायण सुवर्णकार भए । 

प्रतियोगिताका विजेतालाई जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा झापा र मोरङका ७ कर्पोरेट टीम सहभागी बनेका थिए । 
 

प्रतिकृया दिनुहोस