अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा माविले चुम्यो 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , १७ 20:24:09

29934-20171103202409.jpg

मेचीनगर । मेचीनगर स्तरीय दोस्रो आशिषविक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा माविले चुमेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा सरस्वती मावि बाहुनडाँगीलाई २—१ गेल अन्तरले हराउँदै काँकरभिट्टा माविले उपाधि चुमेको हो । जीतसँगै काँकरभिट्टाले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

उपविजेतामा सिमित बनेको सरस्वती माविले नगद १० हजार रुप्रयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

बालकलयाण बाल क्लबको आयोजनामा कात्तिक १३ गतेबाट सुरु भएको प्रतियोगितामा प्रथम पुरस्कार मेची नेत्रालय काँकरभिट्टा, विजेताको ट्रफी धुलावारीका विक्रम भेटवालले र दोस्रो पुरस्कार नरेन्द्र मेचे गच्छम तथा ट्रफी काँकरभिट्टाका गंगालाल गुरुङले उपलब्ध गराएका हुन् ।

यसैगरी खेल अवधिभरको उत्कृष्ट खेलाडीमा बालकल्याण माविका प्रमोद सापकोटा भए । उनलाई उमेश उप्रेतीले उपलब्ध गराएको नगद ५ हजार रुपैयाँ तथा ट्रफीसहित पुरस्कृत गरिएको छ । 

खेलको उत्कृष्ट गोलरक्षक काँकरभिट्टा माविका गोलरक्षक विजय बाँतर, उत्कृष्ट डिफेन्समा सरस्वती माविका केल्भिन मगर तथा उत्कृष्ट स्टाइकरमा मेची जनसाधारण माविका प्रवेश तामाङ घोषित भए । 

उनीहरुलाई जनही एक हजार रुपैयाँ र ट्रफीसहित पुरस्कृत गरिएको छ । उक्त पुरस्कार उपेन मगरले उपलब्ध गराएका हुन् ।

यसैगरी खेलको फेयर अफ द टिमका कविशिरोमणी मावि भएको छ । फाइनल खेलको म्यान अफ दि म्याच काँकरभिट्टा माविका सुरेन तामाङ भए ।

प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, विशेष अतिथि झापा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष भगिरथ आलेलगायतले हस्तान्तरण गरे । 

यसैगरी फाइनल खेलको अवसर पारेर खेल सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको छ । 

क्लबका अध्यक्ष मिक्सेन लावतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक नारायण न्यौपानेले गरेका थिए भने खेल संयोजक दिप ढुङ्गानाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए । 

सोही अवसरमा बाहुनडाँगी जेसीज र झापाली पत्रकारहरु बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार टोली ३—० ले विजय भएको छ ।

प्रतिकृया दिनुहोस