एनएमसीद्वारा महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धी सचेतना


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , १७ 17:18:57

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत महिला समितिको आयोजनामा एकदिने पाठेघरको मुखको तथा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

खुदुनाबारीस्थित उपस्वास्थ्य चौकीको हलमा सम्पन्न कार्यक्रममा एनएमसी महिला समिति संयोजक भगवती घिमिरे मैनाली र सदस्य हेमा सिटौलाले सहजीकरण गरेका थिए ।

एनएमसी शनिश्चरे सेवा केन्द्र र एनएमसी खुदुनाबारी सम्पर्क कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा एनएमसी शनिश्चरे कार्यालयगत समिति संयोजक धर्मानन्द गुरागाईँ, एनएमसी महिला समिति सदस्य पवित्रा बस्नेत, खुदुनाबारी उपस्वास्थ्य चौकीका अहेव रणबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन एनएमसी शनिश्चरेका कार्यालय प्रमुख भुपेन्द्र बस्नेतले गरेका थिए । 

प्रतिकृया दिनुहोस