शान्तिनगरको ठुटेबरमा ऐतिहासिक मेला 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , १७ 05:41:16

29924-20171103054116.jpg

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला शुक्रबारदेखि ५ दिनसम्मका लागि सुरु हुँदैछ ।

प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिनदेखि लाग्ने मेलाले शान्तिनगरको पहिचान र विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने स्थानीयको विश्वास छ ।

ठुटेबर संरक्षण तथा विकास समितिले मेला आयोजना गरेको हो । मेलामा उक्त ठाउँको सौन्दर्य र पहिचान संरक्षण गर्न, विभिन्न लोक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष चित्रबहादुर राईले जानकारी दिए ।

उनका अनुसार मेलामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन रोटे पिङ्ग, ड्रागनलगायत स्थनीय क्षेत्रमा उत्पादित विभिन्न कृषि सामाग्रीका स्टल र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने छ ।
 

प्रतिकृया दिनुहोस