सहकारीको प्रतिनिधि छनोट दमकमा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , १३ 08:31:05

29863-20171030083105.jpg

दमक । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २१औं  वार्षिक साधारणसभाका लागि दमकमा प्रतिनिधि छनौट कार्य आइतबार सम्पन्न भएको छ ।

दमक शाखा अन्तरगतका ४६७ शेयर सदस्यमध्ये प्रतिनिधि छनौटमा  उपस्थित ३४८ को सहभागिता रहेको थियो । उपस्थित मध्येबाट १० जना बराबर १ जनाको अनुपातमा ७ जना पुरुष र २९ जना महिला प्रतिनिधि छनौट भएका छन् । 

संस्थाका सञ्चालक समिति सदस्य भिमबहादुर गिरीका अनुसार २१औं साधारणसभाका लागि संस्थाले १ हजार २०० जना प्रतिनिधि छनौट गरेकोे छ । संस्थाको २१औं वार्षिक साधारणसभा आगामी कात्तिक २५ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस