लखनपुरमा ‘सगुन साँझ’ सम्पन्न 


साझामञ्च प्रतिनिधि, प्रकाशित मिति : २०७४ ,कार्तिक , ९ 14:23:35

29791-20171026142335.jpg

लखनपुर । कमल गाउँपालिका–५ स्थित सगुन युवा क्लबले बुधबार सगुन सांगीतिक साँझको सम्पन्न गरेको छ । स्थानीय दुर्गा मन्दिरको सभाहलमा विभिन्न गीत, नृत्यसहितको कार्यक्रम गरी सगुन साँझ सम्पन्न गरिएको क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए । 

क्लबले दीपावली र छठ पर्वको अवसर पारेर बर्सेनी मनोरञ्जनपूर्ण सगुन साँगीतिक साँझको आयोजना गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ लोकगायक एलपी जोशी, धनकुटे कान्छासहित स्थानीय एक दर्जन बढी कलाकारहरुले आफ्ना गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । 

८३ वर्षीय गायक जोशीले रिटिङ रिटिङ नबजाउ बिनायो, ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’ जस्ता चर्चित लोकगीत प्रस्तुत गरी दर्शकलाई नचाएका थिए  । 
त्यस्तै धनकुटे कान्छाले विभिन्न चराचुरुङ्गीको आवाजलाई मनोरञ्जनका साथ प्रस्तुत गरे ।

क्लबले दीपावलीमा सामुहिक देउसी–भैलीका रुपमा सगुन साँझ कार्यक्रमको आयोजना गरिआएको क्लबका उपाध्यक्ष दीपेन्द्र राई बताउँछन् । कार्यक्रममा क्लबले आफ्ना प्रतिभा प्रस्तुत गर्ने सहभागी कलाकारहरुलाई प्रशंसा पत्र वितरण गरेको थियो । 

कार्यक्रममा स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु दीलीप राई, पूर्णानन्द शर्मा, मंगलबारे वजार प्रबन्ध समितिका संयोजक हुकुमसिंह राईसहित स्थानीय बासिन्दाहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस