हप्ता दिनमा नेपाली गीतका भ्यूअर सवालाख नाघ्यो 


साझामञ्च प्रतिनिधि, प्रकाशित मिति : २०७४ ,कार्तिक , ९ 13:23:54

29790-20171026132354.png

झापा । ‘रेशमी पर्दाले’ बोलको गीतले सफलता पाएपछि हौसिएका गायक सुरेन गौतमले तिहारको अवसर पारेर अर्को गीत सार्वजनिक गरेका छन् । 

आफ्नो नयाँ गीत “छेक्यो डाँडा” यू टुयुवमा सार्वजनिक गरेको एक हप्तामा नै १ लाख २५ हजर दर्शक बटुल्न सफल भएका गौतम अहिले गीत संगीतप्रति झन् मोहित भएका छन् । 

आहिले छेक्यो डाँडा बोलको गीत हेरेर त गौतम दर्शकको मन मुटुमा बस्न सफल पनि भएका छन् । सुरेन गौतम हालै सम्पन ओएस नेपाल म्युजिक अवार्डबाट पनि सम्मानित भएका श्रष्टा हुन् ।

छेक्यो डाँडा बोलको गीतमा भरत देउरालीको शब्दमा बुद्ध सायमीले संगीत संयोजन गरेका छन् । रायन कार्की र सञ्जय गौतमको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियोमामा अर्जुन र जुनुको अभिनय रहेको छ । 

ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियोको सम्पादन दिपक बिष्टले सम्पादन गरेका छन् ।


हेर्नुस् भिडियो पनिः 

 
 

https://youtu.be/ES4irSg165M

प्रतिकृया दिनुहोस