शाक्यको शव नेपाल पठाउन प्रवासी नेपाली मंचको आर्थिक सहयोग हस्तान्तरण


सुर्य खवास, साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २ 10:17:42

29688-20171019101742.jpg

युएई । वैदेशिक रोजगारी आज आम नेपालीको लागि नौलो विषय रहेन । तर वैदेशिक रोजगारी सबैको लागि सुखद रहन्छ नै भन्ने पनि हुँदैन । 

यस्तै भयो सिन्धुपाल्चोकका शाक्य परिवारलाई पनि । युएईमा रहेका दिनेश शाक्य कार्यस्थलमा नै दुर्घटनामा परे । उपचारकै क्रममा ३ अक्टोबर (असोज १७ गते) का दिन उनको मृत्यु भयो । 

शाक्यले काम गर्दै आएको कम्पनीसँग असमझदारी भएपश्चात् अदालतमा मुद्दा परी कानुनी प्रकृया चलिरहेकै अवस्थामा भिषा समाप्त भएको र अदालतको फैसला पछि आफ्नोसमेत लगानी रहेको कम्पनीमा भिषा प्रकृया गर्दैगर्दा युएई बसाई गैर कानुनी भएको थियो । यस्तो अवस्थाले उनको शवलाई नेपाल पठाउन  कानुनी प्रकृया अप्ठेरो बन्यो भने आर्थिक अभाव पनि खड्कियो ।

यस्तो जानकारी पाए पछि प्रवासी नेपाली मंच युएईले आफ्नो विगत देखिकै सहयोगी भावनालाई पुनः एकपटक क्रियाशील गरेको छ । विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको विगतदेखिको परम्परालाई निरन्तरता दिँदै स्वर्गीय दिनेश शाक्यको शवलाई नेपाल पठाउन १८ अक्टोबर २०१७ (कात्तिक १) का दिन शाक्यकी धर्मपत्नी कमला श्रेष्ठलाई युएई मुद्रा ५००१ दिराम मंचका कार्यबाहक अध्यक्ष महेश गिरीले हस्तान्तरण गरेका छन् । 

स्वर्गीय शाक्यको शव प्रवासी नेपाली मंच युएई, एनआरएन युएई तथा डिएक्सएन युएईको सहयोगमा १९ अक्टोबर २०१७ (कात्तिक २) का दिन इत्तेहाद एअरलाईन्स मार्फत नेपाल पठाउदै गरेको प्रवासी नेपाली मंच युएई, अबुधाबी राज्य समितिका अध्यक्ष पुष्कर शर्माले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस