प्रवासी भुजेल समाज कतारमा नयाँ नेतृत्व 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,आश्विन , ३० 13:17:00

29635-20171016131700.jpg

दुबई । ‘भुजेल जातिको विकास र उन्नतिको आधार, सांस्कृतिक चेतना शिक्षा र रोजगार’ भन्ने मूल नाराका साथ आयोजित प्रवासी भुजेल समाज कतारको चौथो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 

भुजेल समाज सेवा समितिका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाती महासंघका पूर्व उपाध्यक्ष सूर्यबहादुर भुजेलको  प्रमुख आतिथ्यमा कतारको दि भिलेज गार्डनमा महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनले मिलनकुमार जि.सी भुजेलको अध्यक्षतामा सन्  २०१७–२०१९ का लागि २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । 

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष वीरबहादुर भुजेल, प्रथम उपाध्यक्ष धनबहादुर भुजेल, द्वितिय उपाध्यक्ष रमेश भुजेल, महासचिव युवराज भुजेल, सचिव विकास भुजेल, कोषाध्यक्ष  सन्तोष भुजेल, सह–कोषाध्यक्ष दुर्गा भुजेल चयन भएका छन् । 

यस्तै सदस्यहरुमा रुद्र भुजेल, निरबहादुर भुजेल, अन्तर भुजेल, गीता भुजेल, श्रीमान भुजेल, चित्रबहादुर भुजेल, हरिबहादुर भुजेल, पूर्णबहादुर घर्ती भुजेल, बसन्त भुजेल,  दीर्घ भुजेल, कुमारी भुजेल, अनिल भुजेल र छवि भुजेल चयन भएको जनाइएको छ ।

प्रवासी भुजेल समाज कतारका अध्यक्ष नियम भुजेलको  सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देवराज राई, एनआरएन एनसीसी कतारका दित्तिय उपाध्यक्ष सुदर्शन भट्ट, नेपाल प्रबासी आदिवासी जनजाति महासंघ कतारसँग आवद्ध संस्थाका प्रमुखहरु तथा  विभिन्न सामाजिक संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस