बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको प्रेस विज्ञप्ती


प्रकाशित मिति : २०७४ ,आश्विन , ३० 10:30:29

प्रेस विज्ञप्ती                                     मिति : २०७४।०६।२९

नेपालमा चिकित्सा शिक्षालाई नियमित र व्यवस्थित गर्न नेपाल सरकारले सदन समक्ष प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदबाट पारित हुन लागेकोमा केही व्यक्तिहरुले आफ्नो स्वार्थपूर्ती गर्न अनसन बसेर अनावश्यक तगारो हाली पारित हुन नदिएकोप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त विधेयक पारित गरी कानून बन्न नदिनुको कारण नेपाल सरकार शिक्षा मन्त्रालयबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्नका लागि मनसायपत्र प्राप्त गरी नेपाल सरकारको स्वीकृत मापदण्ड बमोजिका आवश्यक जग्गा, भवनहरु, मेसिन उपकरणहरु, मानव स्रोत साधनलगायत नेपाल सरकारद्वारा शिक्षण अस्पताल सञ्चालनका लागि निर्धारण गरेका सम्पूर्ण मापदण्ड पूरा गरेको, नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट समेत ३०० बेड अस्पताल सञ्चालनको स्वीकृति प्राप्त गरी विगत ३ वर्षदेखि सञ्चालित र मेची अञ्चलका २७ लाख नेपाली जनताको साझा फूलबारीको रुपमा रहेको यस संस्थालाई सम्बन्धन पाउनबाट रोक्ने एकमात्र उद्देश्य रहेको कुरा विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी हुनआएको छ । जुन कुरा मेची अञ्चलका २७ लाख नेपाली जनताका लागि अत्यन्त दुःखद् र दूर्भाग्यपूर्ण रहेको छ । 
नेपालको सुदूर पूर्वमा स्थापित एउटा मेडिकल कलेज तथा अस्पताल सञ्चालन गर्ने यस पवित्र संस्थामाथि भएको यो संगठित प्रहार निर्लज्ज तथा घृणित छ । यसमा सामेल पात्रहरु जो जुन नाम र रुपका भएपनि मेची अञ्चलका २७ लाख नेपाली जनता र इतिहासले तिनलाई  कहिल्यै क्षमा दिने छैन । 
 
नेपालमा चिकित्सा शिक्षाको सुधारका लागि भनी कथित आन्दोलन गर्न उक्साउने अमुक राजनीतिक पार्टीका केही अघोषित कार्यकर्ताको मागलाई राजधानीका केही मानव अधिकारवादी हुँ भन्ने, काठमाडौं उपत्यका बाहिर देश नै होइन ठान्ने र काठमाडौं उपत्यका बाहिरको वास्तविकता बुझ्दै नबुझ्ने, हामीजस्ता जनताले राज्यलाई बुझाएको कर र ट्याक्सबाट तलबभत्ता खाई, सरकारी कोटाबाट टिचिङ्ग अस्पतालमा निशुल्क डाक्टर पढ्ने, सो पढेपछि बिकट जिल्लामा गएर सरकारी संस्थाहरुमा काम गर्नुपर्नेमा सो काम नगर्ने र राज्यमा राम्रोसँग मौलाउन लागेको स्वास्थ्य र शिक्षा, अनि अस्पताल र डाक्टरहरु माथि यो गुणस्तर      भएन र त्यो गुणस्तर भएन भनेर जनतासँग डाक्टर र हस्पिटल माथिको विश्वास तोड्ने वातावरण बनाउने, नेपालका विद्यार्थीहरु    को नाममा वेलायत, अमेरिका, अष्ट्रेलिया तथा डाक्टर पढ्न चीन, बङ्गालादेश, फिलिपिन्स, रसियाजस्ता मुलुकहमा जान बाध्य बनाउने एउटा टीम नेपालमा सक्रिय भएर लागेको आम जनसमुदायलाई जानकारी गराउन चाहन्छु । 

मेची अञ्चलमा मेडिकल कलेज र सुबिधा सम्पन्न हस्पिटल नै छैनन् । मेची अञ्चलका २७ लाख जनताले औषधी उपचार र शिक्षा दिक्षा पाउँदा डा. गोबिन्द केसीले नाटकीय शैलीमा रातिराति खाएर नेपाली जनताहरुलाई बेवकुफ बनाएर अनसन बस्ने, सो अनसन कहिले बाढी पिडितको नाममा छाड्ने त कहिले दशैं भनेर उठ्ने र राजधानीबाट ६५० किमि टाढा मेची अञ्चलको २७ लाख जनताको साझा सम्पत्ती बन्न पुगेको बी एण्ड सी टिचिङ्ग हस्पिटललाई सुद्घ सम्बन्धन दिनु हुँदैन भनेर अडान लिने ! 

राजधानीका सञ्चार गृहहरुले पनि सो कुरा बुझ्दै नबुझी एकतर्फी रुपमा वकालत गरेको र मोफसलका दूर दराजमा कार्य गर्ने पवित्र उद्देश्यले स्थापित हामीजस्तो संस्थाको आवाजलाई कहिले पनि निश्पक्षरुपमा सम्प्रेषण गर्न नचाहेको र आमजनता समक्ष वास्तविकता उजागर नगर्नु अत्यन्त दुःखद पक्ष पनि यसक्रममा देखिएको छ  । 

नेपालमा आजका मितिसम्म चिकित्सा शिक्षा अध्यापनका लागि सम्बन्धन दिने विश्वविद्यालय काठमाडौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय मात्र छन् । यी दुवै विश्वविद्यालयहरु प्रदेश नं. ३ मा छन् र यी दुवैले ५ वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गरिसकेका छन् । यस अवस्थामा विधेयकमा एक विश्वविद्यालयले ५ वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने गरी बलपूर्वक शंसोधन गर्न गराउन खोज्ने डा. गोविन्द केसी, कथित वार्ता टोलीका सदस्य डा. अभिषेक सिंह, कथित आन्दोलनका नाइके जीवन क्षेत्रीलगायत व्यक्तिहरु विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीहरुसँग मिलेर कथित आन्दोलनका नाममा अदृष्य उदेश्यका लागि परियोजनामा संम्लग्न व्यक्तिहरुको नियत मुलुकमा कहीँकतै पनि निजी तवरमा सञ्चालन हुने स्कूल, कलेज, मेडिकल कलेजलाई सदाका लागि सम्बन्धनमा नियोजन गरी नेपाली विद्यार्थीहरु विदेश पठाउने, हस्पिटलहरु बन्द गराएर बिरामीहरु उपचार गर्न विदेश पठाउने एकमात्र परियोजनालाई सफल पारेर पैसा कमाउने देखिन्छ । 

यस कथित आन्दोलनले नेपालको समग्र मेडिकल शिक्षा, नेपाली चिकित्सक तथा नेपाली अस्पतालहरुलाई नै ध्वस्त बनाउने नियत राखेको र त्यसका लक्षण तथा संकेतहरु केही समयदेखि विभिन्न हस्पिटलहरुमा भएको ताडफोड तथा डाक्टरहरु माथि भएका हातपातले पुष्टि गर्न थालिसकेका छन् । 
 
अतः व्यवपस्थापिका संसदबाट उक्त राष्ट्रिय चिकित्सा विधेयक पारित हुन लागेकोमा केही व्यक्तिहरुले अनावश्यक तगारो हालेर पारित हुन नदिएबाट यस संस्थाले काठमाडौ विश्वविद्यालय ऐन २०४८, काठमाडौ विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम २०७१, नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४, निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज÷क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३ समेतका विद्यमान कानूनका आधारमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गर्नका लागि काठमाडौं विश्वविद्यालयमा आवेदन गरेकोमा यस संस्थाको निवेदन बमोजिम सम्बन्धन सम्बन्धी विषयमा तत्काल निर्णय गर्न गराउन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौं । 

                                                                         (दुर्गाप्रसाद प्रसाई)          
                                                             कार्यकारी निर्देशक


बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., बिर्तामोड झापा 

प्रतिकृया दिनुहोस