उर्लाबारीमा वल्र्डलिंकको काउण्टर शाखा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,आश्विन , २९ 11:06:27

29601-20171015110627.png

दमक । वल्र्डलिंक कम्युनिकेशन्सले मोरङको उर्लाबारीमा बिहीबारदेखि काउण्टर शाखा सञ्चालनमा ल्याएको छ । 

आफ्ना इन्टरनेट ग्राहकहरुको सुविधाका लागि वल्र्डलिंकले उर्लाबारीमा औपचारिक रुपमा काउण्टर शाखा सञ्चालनमा ल्याएको वल्र्डलिंक कम्यूनिकेशन्स दमक शाखाका प्रबन्धक राजन तिम्सिनाले जानकारी दिए । 

वल्र्डलिंक दमक शाखाले शनिबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी सोबारे जानकारी दिएको हो ।

तिम्सिनाका अनुसार वल्र्डलिंकको फाइवर टु होमबाट जडित इन्टरनेटको क्षमता बृद्धि भएसँगै अब साना शहरहरुसम्म यसको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरिएको हो ।

शाखा विस्तार गरिएसँगै दुई दिनमा नै त्यस क्षेत्रका १०३ जना ग्राहकहरुले थप जडानका लागि सेवा माग आएको जनाए । 

यसअघि वल्र्डलिंकको उर्लाबारीमा मात्र करिव ४०० ग्राहक थिए । काउण्टर सञ्चालनमा आएपछि त्यस क्षेत्रका ग्राहकहरुले दमक शाखा धाउनु पर्ने बाध्यता हटेको दमक शाखा प्रबन्धक तिम्सिनाले बताए । 

यसअघि ती क्षेत्रका ग्राहकहरुले इन्टरनेटको सेवा सम्बन्धी जानकारी लिन, महशुल बुझाउन तथा प्राविधिक गुनासो राख्न दमक आउनु पर्ने बाध्यता थियो l

दमकमा विगत १५ वर्षदेखि इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिंकको दमकमा मात्र करिव ५ हजार ग्राहक छन् भने देशभरि भने १ लाखभन्दा बढी ग्राहक भएको वल्र्डलिंक दमक शाखा प्रबन्धक तिम्सिनाले जानकारी दिए । 

नेपालमा हाल विभिन्न ४६ वटा सेवा प्रदायक कम्पन्नीले इन्टरनेट सञ्चालनमा ल्याएका छन् । 

प्रतिकृया दिनुहोस