‘लाटीको छोरो’ कात्तिक २५ देखि पूर्वमा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,आश्विन , २७ 09:43:44

29550-20171013094344.jpg

झापा । काठमाडौंको मण्डला नाटक घरमा सफलतापूूर्वक मञ्चन भइसकेको ‘लाटीको छोरो’ नामक नाटक झापालगायत पूर्वका विभिन्न स्थानमा मञ्चन गरिने भएको छ । आउँदो कात्तिक २५ गते बिर्तामोडबाट सुरु हुने लाटीको छोरोको यात्रा पूर्वमा १०दिनसम्म रहने यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । 

श्याम शाहको कथा ‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको नाटक सुलक्षण भारतीले निर्देशन गरेका छन् । उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए । 

त्यस्तै नाटक ‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्किएका छन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँग काम गर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आएका छन् । 

नाटकलाई पूर्वको बिर्तामोडमा कात्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । त्यसपछि मंसीर १ र २ शिवसताक्षी नगरपालिकाको दूधेमा मञ्चन गर्ने तयारी रहेको उनले जनाए । शिवसताक्षी पछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानका लागि कुरा भइरहेको तर स्थान स मिति पक्का भइनसकेको उनले सुनाए ।

‘पहिलो कुरा सन्देशका हिसाबले यो नाटक बलियो छ, दोश्रो हामी गाउँमा पनि नाटक हेर्ने संस्कारको विकास होस् भन्ने चाहन्छौ,’ प्रकाशले भने, ‘त्यसैले काठमाडौंको रंगमञ्चको खास स्वाद हामी यो नाटकमार्फत पूर्वमा तपाईं हाम्रै घर आँगनमा पस्किने जमर्को गर्दैछौं ।’

नेपालको तराईमा एउटा सुन्दर बजार भन्ने बस्ती छ । त्यस बस्तीभित्र विभिन्न स्थानबाट आएका मानिसहरु र आदिमकालदेखि त्यस बस्तीमा बस्दै आएका डोम समुदायको बसोबास छ । देशमा भइरहेको कुनै पनि राजनितिक उथलपुथलले नछोएको सुन्दर बजारको आफ्नै रहनसहन छ । एकदिन त्यस बजारमा एउटी लाटी आइपुुग्छे । समय बित्दै जाँदा अर्को एक दिन लाटी गर्भवती भएको कुरा बजारमा हल्ला फैलन्छ र बजारमा ठूलो तरंग उत्पन्न हुन्छ । त्यसपछि लाटीमाथि हुुने दूव्र्यवहार र विकास हुुने घटनाक्रम नाटकको मुल कथा हो’ दाहालले सुनाए । 

आर्ट स्टुुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भुमिका निर्वाह गरेकी छन् । नाटकमा टिका पहारीले गाउँका नेता वीषनाथको भूमिका निभाएका छन् । नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुुपति राई, राजन काफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गरेका छन् । 

प्रतिकृया दिनुहोस