सबैबाट सिकौं


एसपी उप्रेती , प्रकाशित मिति : २०७४ ,आश्विन , १२ 15:09:06

29435-20170928150906.jpg

जो सिक्न सक्दैन, ऊ टिक्न सक्दैन । र जो टिक्न सक्दैन, ऊ बिक्न सक्दैन । यहाँ बिक्न नसक्नु भनेको अलमलमा नै रुमलिनु हो । निरन्तर सिकाइले जीवनका हरेक खुड्किलोमा ठूलो सकारात्मक भूमिका निर्वाह गर्दछ । सामान्यतया हामी सिक्ने मामलामा धेरै पछि छौँ । हामी के सोच्ने गर्छाैँ भने हामीले स्कूल, कलेज तथा युनिभर्सिटीमा पढिसक्यौँ । लगभग हामी जत्तिको ज्ञानमा पूर्ण त कोही पनि छैन जस्तो नकारात्मक भ्रम पाल्ने गर्छाँै । तर सोचौँ त यो त अहंकार बाहेक अरु केही पनि होइन । हाम्रा आदरणीय शिक्षकहरु, समाजका लब्धप्रतिष्ठित डाक्टर, कर्मचारी, धर्मगुरु प्रायःजसोले यो खालको भ्रम पालेको भेटिन्छ । तर सिक्ने सिकाउने प्रक्रिया जीवनभर चलिरहन्छ भन्ने पनि हामी सबैलाई थाहै छ । 

जीवनमा जुनसुकै ज्ञान पनि महत्वपूर्ण हुन्छ । साँच्चै कुनैपनि ज्ञान खेर जाँदैन । त्यो आज प्रयोगमा आएन भन्दैमा ज्ञानलाई दोष दिन जरुरी छैन । आज नभए नि भोलि अथवा जीवनको कुनै बेला कुनैपनि मोडमा त्यो ज्ञानकै प्रयोगले जीवनमा सहयोग पुग्नसक्छ । ज्ञानले व्यवहार बदल्न मद्दत गर्छ । हामीले थोरै कुराहरु पढेर जानेका हुन सक्छौँ भने अग्रजहरुले परेर जानेका हुनसक्छन् । अनुभवले जे जति जानिएको हुन्छ जुन वास्तवमा पक्का ज्ञान हो । भरपर्दो ज्ञान हो । आजको जमाना भनेको ज्ञानलाई सम्मान गर्ने जमाना हो । चाहे त्यो ज्ञान शिक्षित बाट प्राप्त होस् वा अशिक्षित बाट, धनीबाट होस् कि गरीबबाट, वृद्धबाट कि युवाबाट । अझ भनौँ बालकबाटै किन नहोस् ? सिकाइ, सुचना अनि ज्ञान नै धेरै महत्वपूर्ण कुरा हो आजको युगमा । सिकाइको कुरा गरीरहँदा सफलतासँग के सम्बन्ध भन्ने प्रस्ट्याउन जरुरी छ । 

निरन्तर सिकाइले सकारात्मक बन्न सघाउँछ । अनि कार्य गर्नमा प्रेरित गर्छ । हामीले जीवनमा सबैबाट धेरै सिक्न सक्छौँ । जुन अनुभवको सिकाइ हुन्छ । भरपर्दो हुन्छ स्कुल कलेजमा पाइदैन त्यस्तो सिकाइ । समाजमा विभिन्न विचारधाराका मानिसहरु प्रशस्तै भेटिन्छन् । जसमध्ये जो असफल छन् उनीहरुबाट के सिक्न सक्छौँ भने उनीहरुले जे गरीरहेका छन् त्यस्तो तालले चाँहि सफल हुन सकिन्न भन्ने कुरामा स्पष्ट हुन सिक्छौँ । वास्तवमा मूल कुरा चाँहि के त भन्नाले हामीमा अरुलाई सम्मान गर्ने शुभ भावना हुनुप¥यो । अरुसँग पनि पक्का केही विशेषता छ भन्ने आदरभाव हुन जरुरी छ । यसो भएमा मात्रै हामी सबैबाट धेरै सिक्न सक्छौँ । यदि हामीले आफैभित्रको अहंकार र घमण्डलाई जित्न सक्छौँ भने सायद संसारमा हाम्रो सबैभन्दा ठूलो विजय दिन नै त्यही हुनेछ । खयर हामी सबैले सधैँ सिकिरहनका लागि आफूलाई तयार राख्नुपर्छ । 

हुनसक्छ म यहाँहरुबाट धेरै महत्वपूर्ण केही सिक्न सक्छु । र यो पनि हुनसक्छ कि यहाँहरुले पनि म बाट केही लिन सक्नुहुन्छ । संसारमा कैलै कोही पनि पूर्ण थिएन र हुँदैन पनि । किनकी प्रकृतिले हामी सबैलाई अपूर्ण नै राख्यो ताकि सबै एकअर्कामा हातेमालो गर्दै अघि बढ्न सकुन् । पुरुष आफैमा अपूर्ण छ त्यसैगरी नारी आफैमा अपूर्ण । त्यस्तै हामी ज्ञानको सबालमा पनि अपूर्ण नै छौँ । जब हामी एकअर्कामा खुशीले ज्ञान बाड्ने गर्छाँै तब हामी विगत भन्दा बढी दक्ष बन्दै जान्छौँ । जसले गर्दा सफलताको गन्तव्य नजिक आउन थाल्छ । हामी सधैँ सिक्न अनि सिकाउन तत्पर हुनु भनेको सफलताको यात्रा छोटिनु हो । अर्काे शब्दमा भन्नुपर्दा अरुबाट सिक्नु भनेको सफलता प्राप्तिमा एक कदम अघि हुनु हो । 

न्युटन आइज्याकबाट धैर्य बन्न सिक्न सक्छौँ । झमक घिमिरेबाट चुनौतीलाई अवसर बनाउने प्रेरण सिक्न सक्छौँ । माइकल जोर्डन, आब्रहम लिंकन जस्ता हस्तीहरुबाट निरन्तर संघर्षको तागत सिक्न सक्छौँ । सफल व्यक्तिहरुबाट अरु अरुभन्दा फरक सोच्नुपर्ने विशेषता सिक्न सक्छौँ भने असफल हुनेबाट उनीहरुको जस्तै बानी व्यवहार गर्न नहुने रहेछ भन्ने मूल मन्त्र सिक्न सक्छौँ । जसले गर्दा हामी सफलताको सही मार्ग पहिल्याउन सकौँ । आज मैले छुटाउनै नहुने मूल विषयको लेख प्रस्तुत गरेको छु । यहाँहरुले मनन गर्नुहोस् अनि जीवनमा उतार्ने कोसिस् गर्नुहोस् । विश्वास गर्नुस् कि जानेका ज्ञान व्यवहारमा लागू गरेमा हाम्रो जीवन पक्का हिजोजस्तै रहँदैन । जिन्दगी सोचेजस्तै बन्दै जान्छ । यस पक्रियाले समाजमा एकअर्कालाई सम्मान गर्ने भावनाको विकास हुन्छ । जसले समाजमा भाइचाराको सम्बन्ध मजबुत भइरहन्छ । 

हामीले ढिलो नगरौँ शुभकार्य सुरुवातका लागि । प्रत्येक मानिसको जीवनको अनुभव बाट केही न केही सकारात्मक अनि राम्रो कुरा जीवनमा जोड्ने अनि नराम्रोलाई छोड्ने प्रवृत्ति यहाँहरु सम्पूर्णमा विकास होस् । सबैको जीवन सार्थकता तर्फ उन्मुख बनोस् । तपाइहरुको जीवन समाजका आउँदो पुस्तामा उत्पे्ररणा बन्न सकोस् । हार्दिक शुभकामना । 
                        
(लेखक मोटिभेसनल स्पीकर हुन् ।)

प्रतिकृया दिनुहोस