१ करोड रुपैयाँमा एक बोतल पानी !


एजेन्सी, प्रकाशित मिति : २०७४ ,आश्विन , ६ 12:54:04

29239-20170922125404.jpg

पानी नै जिन्दगानी हो, त्यसैले यो अमूल्य छ भन्नेमा दुईमत छैन । तर एक बोतल पानीको मूल्य एक करोड पर्छ भनेर कसैले भन्यो भने त्यसलाई मुर्ख भन्नु सिवाय केही विकल्प नरहला । तर यदि अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको कुरा गर्नुहुन्छ भने चाहीँ एक बोतल पानीको मूल्य एक करोड पर्दैन भन्ने मान्छे चाहीँ मुर्ख ठहरिनेवाला छ ।

वास्तवमा यो पानीको बोतल किनिरहँदा क्रेतालाई मैले पानी किनिरहेको छु भन्ने भान नै हुँदैन । सायद मैले कैयन् वर्ष पूरानो कुनै बहुमूल्य पदार्थ वा अमृत किनिरहेको छु भन्ने लाग्ला । करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो छैन । पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ, उत्पादनका लागि । त्यसपछि कम्पनीले उक्त पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पूराउँदछ ।

यो पानी सायद खानका लागि होइन, लक्जरी कलेक्सन हो । बोतलको बिर्को सुनको बनाइएको छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २५० वटा कालो हिरा जडित छन् । हरेक बोतलका लागि छुट्टा छुट्टै खोल बनाइएको छ ।

उक्त बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स ढण्ज्द्दय राखिएको छ ।

कम्पनीको मूख्यालय क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले अग्लो झरनाबाट पानी संकलन गर्दछ । एजेन्सी

प्रतिकृया दिनुहोस