आभारसहित कृतज्ञता


प्रकाशित मिति : २०७४ ,भाद्र , १२ 20:32:42

28260-20170828203242.jpg

आभारसहित कृतज्ञता

 

कनकाई सामुदायिक वनको सम्पन्न निर्वाचनमा आफ्ना सम्पूर्ण व्यस्ततालाई समेत थाँती राख्दै टन्टलापूर घामको पनि वास्ता नगरीकन म र मेरो टीमलाई अति नै विश्वास गरेर आफ्नो अमूल्य मत दिएर विजयी गराउनुहुने सम्पूर्ण उपभोक्ता महानुभावहरु, हाम्रो गठबन्धन भित्र रहेका सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि महानुभावहरु, निर्वाचन समितिका संयोजक तथा सदस्यज्यूहरु, समाजसेवी अग्रज व्यक्तित्व तथा शुभचिन्तक सहयात्री युवा साथीहरु, शिक्षासेवी तथा नागरिक समाज, कनकाई नगरपालिका तथा नगरभित्रका सम्पूर्ण सामाजिक तथा शैक्षिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि महानुभावहरु, वन समूहका सम्पूर्ण कर्मचारी साथीहरु, स्वतन्त्र रही हामीलाई सहयोग गर्ने साथीहरु, वन कार्यालयका प्रतिनिधिज्यूहरु, प्रहरी प्रशासन तथा सञ्चारकर्मी मित्रहरु, मेरा प्रतिद्वन्दी आदरणीय काका नारायण ओलीलगायत उपविजेता साथीहरु सबैमा हृदयदेखि नै आभार प्रकट गर्दै सदैव यहाँहरुको सेवामा निस्वार्थ ढङ्गले काम गर्ने प्रतिवद्घता दोहोर्याउँदछु । 

आउँदा दिनहरुमा सम्पूर्ण उपभोक्ताहरुको भावनाको उच्च कदर गर्दै आफ्नो व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर सम्पूर्ण अग्रज व्यक्तित्वहरुको सल्लाह र सुझावलाई पहिलो प्राथमिकतामा राखेर तराइकै पहिलो कनकाई सामुदायिक वनको चौतर्फी विकास, निर्माण र यसको संरक्षण सम्बद्र्घनमा सक्रिय रही भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउनुका साथै वन संरक्षण गरी देशको वातावरण जोगाउने र पर्यटकीय क्षेत्रका रुपमा आवश्यक पूर्वाधार निर्माणका लागि क्रियाशील रहने प्रतिवद्घता जाहेर गर्दै फेरि पनि सम्पूर्ण महानुभावहरुप्रति हार्दिकतापूर्वक आभारसहित कृतज्ञता गर्दछु ।    

                           ख्याम ओली :    नवनिर्वाचित अध्यक्ष
   कनकाई सामुदायिक वन उपभोक्ता समूह, कनकाई नगरपालिका ३ सुरुङ्गा, झापा 

प्रतिकृया दिनुहोस