बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन समिति २०७४ को 


प्रकाशित मिति : २०७४ ,श्रावण , २० 15:10:35

निर्वाचन आचारसंहिता सम्बन्धी सूचना

 

यही मिति २०७४ साल साउन २२ गते आइतबार हुने यस संघको निर्वाचनलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, विवादरहित र प्रजातान्त्रिक ढंगले सम्पन्न गर्नका लागि निर्वाचन समिति २०७४–४–१६ गते सोमबारको निर्णयअनुसार निर्वाचन सम्बन्धी निम्नानुसार आचारसंहिता लागू गर्ने निर्णय गरिएको हुँदा सबै मतदाता तथा उम्मेदवारहरुको जानकारीका लागि यो आचारसंहिता जारी गरिएको हो । आचारसंहिता उल्लङ्घन गर्नेलाई विधान बमोजिम कारबाही हुने व्यहोरा पनि जानकारी गराइन्छ । 


निर्वाचन आचारसंहिता

१. उम्मेदवारले आफ्नो प्रचारप्रसार गर्दा अरु उम्मेदवार व्यक्तिलाई व्यक्तिगत लाञ्छना वन आरोप लगाउन पाइने छैन । 

२. कुनै पनि उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्दा भड्किलो र खर्चिलो हुने रंगीन प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन । फ्लेक्स प्रिन्ट, मोटरसाइकल र्याली, १२ इन्चभन्दा माथिको पोष्टर, पम्पेल्ट, भेष्ट, टोपीको प्रयोग गर्न पाइने छैन । 

३. निर्वाचनको सिलसिलामा कुनै उम्मेदवारले अर्को उम्मेदवारको चरित्र हत्या गर्ने मान–मर्यादामा आघात पार्ने, गलत प्रचारप्रसार गराउने प्रत्यक्ष वा अप्रत्यक्ष कुनै कार्य गर्न पाइने छैन । 

४. कसैले पनि निर्वाचन समितिले तोकिएको मतदान केन्द्रमा कुनै पनि हातहतियार लिएर वा मादक पदार्थ सेवन गरेर प्रवेश गर्न पाइने छैन । 

५. मतदान गर्न आउने मतदाताले अनिवार्यरुपमा स्थायी लेखा नम्बर (पान) उल्लेख भएको संघले जारी गरेको आफ्नो परिचयपत्र वा अस्थायी परिचयपत्र लिएर आउनु पर्नेछ । 

६. मतदान गर्ने मतदाताले मतदान हुने मिति २०७४–४–२२ गते आइतबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्नुपर्नेछ । सो समय भित्रमा तोकिएको एरिया भित्रमा प्रवेश गरिसक्नु पर्नेछ । 

७. निर्वाचन समितिले तोकेको मतदान एरिया भित्रमा कुनै पनि किसिमको प्रचारप्रसार र हातहतियार लिई, मादक पदार्थ सेवन गरी शान्ति भंग हुने खालको कुनै पनि गतिविधि गर्न पाइने छैन । 

८. उम्मेदवारले मतदान प्रतिनिधि १ जनामात्र नियुक्ति गर्न पाइने छ । 

९. उम्मेदवार आफैं मतदान केन्द्रमा प्रतिनिधिको रुपमा रहे अर्को मतदान प्रतिनिधि नियुक्ति गरिने छैन । 

१०. उम्मेदवारले मतदान केन्द्रमा पस्दा निर्वाचन समितिबाट जारी गरेको परिचयपत्र लगाउनु पर्नेछ । 

                                                   शिवकुमार अग्रवाल,  निर्वाचन अधिकृत
 

प्रतिकृया दिनुहोस