संयुक्त व्यवसायिक प्यानलको अपील


प्रकाशित मिति : २०७४ ,श्रावण , १९ 14:50:27

बिर्तामोड उद्योग वाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि संयुक्त व्यवसायिक प्यानलद्वारा जारी गरिएको प्रतिवद्धता पत्र

27481-20170803145027.jpg

झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखा २०३८ सालमा स्थापना भएको हो । बिर्तामोड नगरपालिकाकोरुपमा विकसित भएपछि हाल नगरस्तरीय उद्योग वाणिज्य संघमा यसको रुपान्तरण भएको छ । नगरस्तरीय संघको रुपान्तरण भएपछि हामी पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयनको दौरानमा छौं । 

भरखरै सहरीकरण हुँदै गर्दा यहाँका व्यवसायीहरुको हक अधिकारको पहलकदमी गर्न उद्योग वाणिज्य संघको शाखा गठन गरिएको थियो । आज बिर्तामोड नगर क्षेत्रमा करिब पाँच हजारवटा व्यवसायिक फर्महरु सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये २४४३ वटा फर्मले बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यता प्राप्त गरेका छन् । यी सबै ब्यापारी व्यवसायीको नेतृत्व प्रदान गर्न  र यहाँका व्यवसायीले विगतदेखि नै भोग्दै आएका अनेकन समस्याहरुलाई किनारा लगाउन संयुक्त व्यवसायिक प्यानल बनाएर हामी चुनावी मैदानमा होमिएका छौं ।

सुरक्षित व्यवसायमार्फत् समृद्ध नेपाल निर्माण गर्न ‘व्यवसायीको संस्था, व्यवसायीकै नीति, व्यवसायीकै नेतृत्व’ भन्ने मूलमन्त्रलाई आत्मासाथ गर्दै बिर्तामोडमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यावसायीहरु उन्नति र प्रगतिसँगै समयानुकूल प्रतिष्पर्धात्मक रुपमा अगाडि आउन जरुरी छ । त्यसका लागि उद्योग वाणिज्य संघजस्ता संस्थाहरुको सही भूमिकाको खोजी हुन थालेको छ । विगतका दिनहरुमा भए गरेका कतिपय कामहरुले संस्थाको मूल नीति र गरीमालाई सम्बोधन गर्न नसकेको यथार्थ हाम्रासामु छर्लङ्ग छन् । यसर्थ ‘जस्तो लगानी उस्तै प्रतिफल’ भनेजस्तै आसन्न निर्वाचनलाई संस्थाको सर्वाङ्गीण विकासका निमित्त एक ऐतिहासिक अवसरकारुपमा तपाईं मतदाताहरुले आत्मसाथ गर्नुहुनेछ भन्ने विश्वाससहित निम्न प्रतिवद्धताहरु सार्वजनिक गर्दछौं ।

हाम्रा प्रतिवद्धताहरुः

१. ब्यवसायीको आर्थिक रुपान्तरण, प्रवद्र्धन र सुुुरक्षाको प्रत्याभूति दिलाइनेछ ।

२. भारतको सीमावर्ती बजार पानीट्याङ्कीतर्फ नेपाली उपभोक्ताहरुको आकर्षण बढिरहेको तर बिर्तामोड र आसपासका व्यापारीहरुको व्यवसाय चोपट्ट बन्दै गएकोले स्थानीय सरकारसँग समन्वय गरी ग्राहकलाई यहीँ उपभोग्य बस्तुहरु उपलब्ध गराउन पहल गरिने । 

३. सामाजिक सद्भाव र ब्यवसायिक एकताको लागि ब्यवसायी कै नीति र नेतृत्व हाम्रो अभियान l 

४. शान्त र सुुरक्षा मैत्री ब्यवसायिक वातावरण तयार पारी बन्द, हड्ताल, चन्दा–चिठ्ठा आतंक मुक्त शहरको घोषणा l

५. स्वच्छ खानेपानी, ढल निकास, फोहोर ब्यवस्थापन, सडक बत्ती, ग्रीनवेल्ट (बृक्षारोपण) र सरसफाइका लागि नगरपालिकासँग समन्वय गरी काम सञ्चालन गरिने l

६. ब्यवसायीलाई कर मैत्री बनाई मिसम्याच, पान नम्बर नवीकरण र वितरणको लागि हेल्प डेस्क र सूचना केन्द्रको ब्यवस्था गरिने l

७. घर बहाल सम्बन्धी नीति निर्देशिका तयार गर्नका लागि पहल गर्ने l

८. बिर्तामोडलाई औद्योगिक ब्यावसायिक करिडर बनाउनका लागि पहल गर्ने l

९. अतिथि सदनको स्तरोन्नति गरी आधुनिक ढंगबाट ब्यवस्थित रुपमा सञ्चालन गर्ने l

१०. शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण र ब्यापारको प्रविधिमैत्री नमूना शहरको रुपमा विकसित गराउन पहल गर्ने l

११. यस नगरभित्र भएका सम्पूर्ण देशभक्त, प्रगतिशिल, स्वतन्त्र, स्वाभिमानी उघमी र स्थानीय पेशागत संघ–संस्था र वित्तीय क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने l

१२. बिर्तामोडलाई अन्तर्राष्ट्रिय ब्यापार ब्यवसायको केन्द्रको रुपमा विकास गरी व्यापारीहरुको पलायनलाई रोक्न पहल गर्ने l

१३. व्यवसायमा हात हाल्ने मनस्थितिमा रहेकाहरुलाई कुन क्षेत्रमा प्रवेश गरेमा सफल भइन्छ भन्ने विषयमा परामर्श सेवा सञ्चालन गर्ने ।

१४. कर राजश्व कार्यालयलगायतले बेलाबेलामा गर्ने चेक जाँच, निरीक्षण, अनुगमनका समयमा व्यसायिक प्रतिनिधि तथा जनप्रतिनिधिसमेतको उपस्थितिमा मात्र गर्ने गराउने व्यवस्था मिलाउने ।

१५. भन्सार राजश्व तिरेर वैधानिकरुपमा नेपाल भित्राइएका बिक्रीयोग्य सामग्रीहरुको आयातमा आउने रोकावट हुन नदिन पहल गर्ने ।

१६. दोहोरो कर प्रणालीको विषयमा मुक्त गराउन आवश्यक पहल गर्ने ।

१७. बिर्तामोडका बासिन्दाहरुको आवश्यकतालाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकासँगको सहकार्यमा नगर बस र रात्रीकालिन पसल सञ्चालन तथा रात्री गस्ती (चौकीदार) को व्यवस्थापन गर्ने । 

१८. फुटपाथमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई स्थानीय सरकारसँगको समन्वयमा व्यवस्थापन गरिने र वैकल्पिक स्थानको उचित प्रबन्ध गरी व्यवसाय सञ्चालन गर्न सहयोग गरिनेछ ।

१९. हाल देखिएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल गरिनेछ ।

२०. कृषिजन्य उत्पादनको निर्यात प्रवद्र्धनको लागि भन्सार कार्यालयसँग समन्वय गरिनेछ । 

२१. व्यवसायिक बीमाको लागि पहल गरिनेछ ।

२२.नगरपालिकासँग समन्वय गरी बिर्तामोडको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण गरिनेछ । 

२३. बिर्तामोडमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरुले लगानीमा लिइरहेको ब्याजलाई सरल बनाउन अनुरोध गर्ने तथा व्यापारिक कर्जा लेनदेनमा दुवैपक्षलाई समन्वयको पहल गर्ने । 

प्रतिकृया दिनुहोस