‘हामीले विद्यार्थी र अभिभावकको मन जितिसकेका छौं’


प्रबन्ध निर्देशक शिशिर सिम्खडा, प्रकाशित मिति : २०७३ ,पौष , २६ 12:45:54

18593-20170110124555.png

एसएलसी र प्लस टु उत्तीर्णपछि उच्च शिक्षा अध्ययन गर्न आफूलाई मन पर्ने विषय र कलेजको छनोट गर्न नसक्दा विद्यार्थीहरू समस्यामा फस्ने गरेका छन् । त्यसले एकातिर विद्यार्थीको समय बर्बाद हुन्छ भने अर्कातिर अभिभावकको लाखौँ रुपैयाँ डुब्न सक्छ । यसै सन्दर्भलाई उजागर गर्न विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिम्खडासँग कुराकानी गरिएको छ ।
 
क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी कस्तो शैक्षिक संस्था हो ?

यो संस्था विद्यार्थी र प्राविधिक कलेजहरूसँगको सम्बन्ध स्थापित गर्नका लागि पूलको काम गर्ने शैक्षिक संस्था हो । एसएलसी र प्लस टु पास गरी गुणस्तरीय उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने प्राविधिक र व्यवहारिक विषय तथा ती विषय अध्यापन गराउने उत्कृष्ट कलेजहरूका बारेमा शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो ।

संस्थाले स्थापनाकाल २०६७ देखि नै शैक्षिक क्षेत्रमा निरन्तर सेवा गर्दै आएको छ । क्याम्ब्रिजको प्रधान कार्यालय काठमाडौं स्थित बागबजारमा रहेको छ भने शाखा कार्यालयहरू इलाम, दमक, बिराटचोक, इटहरी, विराटनगर, धरान, बिर्तामोडलगायतका ठाउँहरूमा छन् । चाँडै चितवनमा समेत शाखा कार्यालय सञ्चालनमा आउँदैछ । यो संस्थामा पारिवारिक-प्रशासनिक व्यवस्थापन भएकोले आम विद्यार्थी अभिभावकले विश्वास गर्ने आधार रहेको छ ।

यो शैक्षिक संस्थाको मुख्य उद्देश्य चाहिँ व्यापार हो कि सेवा ? 

व्यवहारिक परिवर्तनका लागि प्राविधिक शिक्षा आवश्यक छ । शिक्षामा सामाजिक र व्यवहारिक रूपान्तरण हुन जरुरी छ । व्यक्ति स्वयम् परिवार, समाज र राष्ट्रलाई समुन्नत गति दिन यो प्राविधिक यूगमा चल्न चलाउन स्किलबेस प्राविधिक जनशक्तिको आवश्यकता छ । सो कुरालाई मनन गर्दै राष्ट्र निर्माणका लागि समाजको रूपान्तरणका लागि शब्दको मानसिकताभन्दा पनि कार्यको मानसिकता जन्मिएर राष्ट्र निर्माणमा एउटा इँटा थप्न सक्ने जनशक्ति निर्माण होस् भन्ने लक्ष्य र उद्देश्य लिँदै अभिभावक र विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिन क्याम्ब्रिजको जन्म भएको हो । 

हामीले विशेष गरी अष्ट्रेलिया, न्यूजिलेण्ड, अमेरिका, वेलायत, भारतलगायत विश्वका बहुप्रतिष्ठित विश्वविद्यालय तथा कलेजका बारेमा आवश्यक सबै विषयमा काउन्सेलिङ गराउँदै IELTS, TOFEL, GRE, GMAT, SAT लगायतका कक्षा सञ्चालन गर्दै आएका छौं ।

अहिलेसम्म कति विद्यार्थी पठाई सक्नुभयो ?

स्थापना कालदेखि अहिलेसम्म सात सयभन्दा बढी नै विद्यार्थी प्राविधिक विषय छनोट गरी यो संस्थामार्फत् बेङ्लोरमा अध्ययनरत छन् । हामी उनीहरूको प्रत्यक्ष सम्पर्कमा छौँ । यसै वर्षदेखि हामीले अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, क्यानडालगायतका देशहरुका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गर्न थालिसकेका छौं । यहाँबाट उच्च शिक्षा अध्ययन गर्न गएका धेरै विद्यार्थीले भारतका विभिन्न कलेज टप गरी गोल्ड मेडलसहित विभिन्न छात्रबृत्तिसमेत प्राप्त गरेका छन् ।

एसएलसी तथा प्लस टु अध्ययन गरेका विद्यार्थीहरु कस्ता विषय अध्ययनका लागि विदेश जाँदा उपयुक्त हुन्छ ?

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले प्राविधिक तथा सीपयुक्त विषयहरु छनौट गर्दा राम्रो हुन्छ । यसले विद्यार्थीको करियर विकासमा ठूलो योगदान र्पुयाउँछ । कम्प्युटर साइन्स इञ्जीनियरिङ, सिभिल इञ्जीनियरिङ, मेकानिकल इञ्जीनियरिङ, अटोमोवायल्स इञ्जीनियरिङ, इन्फरमेसन साइन्स एण्ड टेक्नोलोजी, एरोनेटिकल इञ्जीनियरिङ, मेकाट्रोनिक इञ्जीनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जीनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जीनियरिङजस्ता विषय रोज्नु उपयुक्त हुनेछ । 

यस्तै नर्सिङ्गमा, मेडिकल ल्यावरेटोरी टेक्नोलोजी, डाइलासिस टेक्नोलोजी, अपरेशन थीएटर टेक्नोलोजी, अफ्थालमोलोजी टेक्नोलोजी, मेडिकल एक्सरे टेक्नोलोजी आदि प्राविधिक विषयहरु रोज्नु पर्दछ । प्लस टु पछि बीई, बिटेक, बिएस्सी र एमएस्सी, नर्सिङ्ग, बी-फार्मेसी, बी-अप्टोमेट्री, फिजियोथेरापी, बीबीए, बीसीए, बीबीएम, बीएचएम र आर्टस, एडुकेशन, कमर्स संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरूले जिएनएम नर्सिङ्ग साथै म्यानेजम्यान्ट संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरू एयरपोर्ट र एयरलाइन्स सम्बन्धी विषयहरू अध्ययन गर्न सकिन्छ ।

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले किन क्याम्ब्रिज नै रोज्नु पर्ने ? अरु पनि थुप्रै परामर्श केन्द्र खुलेका छन् नि !

क्याम्ब्रिज इन्स्टिच्युट विषेशत: पारिवारिक ब्यक्तित्वबाट चलेको संस्था हो । हामीले स्थापनाकाल देखि अहिलेसम्म जति विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न परामर्श र्गयौं, ती सबै विद्यार्थीहरु समाज, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नाम र दाम कमाउन सफल भएका छन् । अहिले पूर्वाञ्चलका धेरै अभिभावक र विद्यार्थीहरु क्याम्ब्रिज नै भन्नु हुन्छ । 

हामी विद्यार्थी अभिभावकलाई झुटा आश्वासन बाँड्दैनौ । विद्यार्थीको योग्यता र क्षमता हेरेर काउन्सेलिङ गर्दछौं । हामी क्षणिक लाभमा विद्यार्थीको भविष्य माथि खेलवाड गरेर लाभ लिँदैनौं । विद्यार्थीले चाहे अनुरुपको विषय छनोट गरेपछि उनीहरूलाई कुन देशको कुन विश्वविद्यालय जाँदा उपर्युक्त हुन्छ, सोहीअनुसार दक्ष तथा मान्यता प्राप्त परामर्शदाताबाट परामर्श दिन्छौं । यसले गर्दा पनि विद्यार्थी र अभिभावकले हामीलाई विश्वास गर्ने आधार बलियो बनेको छ ।

अन्त्यमा, साझामञ्चमार्फत् अभिभावक, विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ?

वास्तवमै, अहिलेको बढ्दो बेरोजगारी र असफल नागरिक उत्पादनको परिप्रेक्ष्यमा पाठ्यपुस्तकभन्दा विद्यार्थी बढी सक्षम बनुन् । विश्वका आफ्ना सहपाठी, सहयात्री मित्रहरू जस्तै उत्पादनमुलक शिक्षा लिन पाउन् भन्ने हाम्रो इन्स्टिच्युटको चाहना हो । राष्ट्र सधैँ दक्ष प्राविधिक व्यक्तिहरूको खाँचोबाट तड्पिरहेको अवस्थामा छ । कुनै पनि समाजको विकास त्यो समाजको व्यक्तित्वमा आधारित हुन्छ । शिक्षाले समाजको निर्धारण गर्छ, फेरि समाजले शिक्षाको पनि । अत: समाजलाई कुन अवस्थामा लैजाने भन्ने कुरा त्यहाँका उत्पादित शैक्षिक जनशक्तिबाट निर्धारण हुन्छ । आधुनिक समाजमा समयसँगै अगाडि बढ्न दक्ष जनशक्ति निर्माण गर्न जरुरी देखिन्छ । यसका लागि विदेशमा उच्च शिक्षा हासिल गरेर नेपालमै केही गर्न चाहने विद्यार्थी अभिभावकलाई एकपटक क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीमा भ्रमण गर्नहुन अनुरोध गर्दछु । 

प्रतिकृया दिनुहोस