फास्ट ट्रयाकको १० सफल वर्षे यात्रा र सन्तुष्ट ताम्लिङ


साझामञ्च प्रतिनिधि, प्रकाशित मिति : २०७३ ,श्रावण , १२ 17:29:24

14080-20160727172924.jpg

खड्ग ताम्लिङ लिम्बू फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन् । शालिन स्वभावका ताम्लिङ सबैसँग चाँडै घुलमिल हुन सक्छन् । 

फास्ट ट्रयाकले अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई उचित परामर्श दिन्छ । फास्ट ट्रयाक ख्यातिप्राप्त संस्था हो । नेपालमा फास्ट ट्रयाकको बेग्लै छाप छ । त्यो छापलाई अलिकति पनि धमिलिन दिँदैनन् ताम्लिङ । विश्वका जुन कुनामा पुगेपनि उनी फास्ट ट्रयाककै लागि काम गरिरहेका हुन्छन् । चाहे त्यो अनलाइनबाट होस् या टेलिफोनबाट । यति भनौँ, शैक्षिक कन्सल्टेन्सीको क्षेत्रमा खड्ग ताम्लिङ लिम्बूको नाम परिचित छ । 

अब्रोड स्टडीका लागि नेपाली विद्यार्थीलाई जापानको कलेजमा भर्ना गर्न सहयोगी पूलको काम गर्दै आएको भरपर्दो कन्सल्टेन्सी हो, फास्ट ट्रयाक एजुकेशन । काठमाडौँको बागबजारमा केन्द्रीय कार्यालय रहेको यस संस्थाका शाखाहरु चाबहिल, पोखरा, बुटवल र बिर्तामोडमा छन् । 

बिर्तामोडमा राजकुमार कार्कीले फास्ट ट्रयाकको शाखा हाँकिरहेका छन् । सुरुमा अन्य देशका लागिसमेत काम गरे पनि पछिल्लो समय फास्ट ट्रयाकले अब्रोड स्टडीका लागि विद्यार्थीलाई जापान मात्रै पठाउँदै आएको प्रबन्ध निर्देशक ताम्लिङ बताउँछन् । भन्छन्, ‘स्पेसियलाइज हुनका लागि हामीले जापान मात्र पठाउने गरेका हौँ, अब त फास्ट ट्रयाक भन्ने बित्तिकै जापानकै लागि हो भन्ने बुझ्न थालिसके प्रायःले ।’ तर, कम्पनी रजिष्ट्रारको कार्यालयमा भने अन्य देशका लागि समेत काउन्सिलिङ गर्ने उद्देश्यसहित दर्ता भएको छ, फास्ट ट्रयाक ।

 
पढ्न र बस्नका लागि जापानको हावापानी राम्रो रहेको ताम्लिङ बताउँछन् । ताम्लिङका अनुसार जापान सुरक्षित ठाउँ हो । ‘त्यहाँको डिग्री वल्र्ड रिकोग्नाइज्ड हुन्छ, पढ्नका लागि उचित गन्तब्य हो जापान,’ उनी भन्छन्, ‘फाइनान्सियल रुपमा पनि बढी पर्दैन, कागजपत्र तयार गर्न पनि सहज छ ।’ भविष्य सुरक्षित भएकाले नै जापान जानेको सङ्ख्या बढ्न थालेको उनको जिकिर छ । 

प्रबन्ध निर्देशक ताम्लिङ यतिबेला फास्ट ट्रयाकका सबै शाखामा पालैपालो जाँदैछन् । बेलाबेला उनी विदेश पनि घुमिरहन्छन् । केही दिन अघि उनी बिर्तामोडको कार्यालयमा आए । उनले भने, ‘बिर्तामोड अफिसमा पनि राम्रै एड्मिसन भएको पाएँ, विद्यार्थी बढ्दैछन यहाँ पनि ।’ ताम्लिङले भनेजस्तै फास्ट ट्रयाकको बिर्तामोड अफिसले तीव्र गतिमा प्रगति गरिरहेको छ । बिर्तामोड शाखा प्रमुख कार्की बिहान सबेरैदेखि राति अबेरसम्मै भेटिन्छन् कार्यालयमा । शाखा प्रमुख कार्कीको कुरा गर्ने शैली पनि भिन्न छ । उनी कोहीसँग रिसाउँदैनन् । हाँसेर बोल्छन् । सबैमाझ परिचित छन् । 

प्रबन्ध निर्देशक ताम्लिङ बिर्तामोडकै बासिन्दा हुन् । हाल भने उनी राजधानी काठमाडौंमा धेरै समय बिताउँदै आएका छन् । शाखा प्रमुख कार्की पनि यहीँका बासिन्दा भएकाले काम गर्न सहज भएको ताम्लिङ बताउँछन् । ताम्लिङ भन्छन्, ‘राजकुमार ट्यालेन्ट मान्छे हो, आफ्नै ठाउँमा भएर होला उहाँले राम्रो गरिरहनुभएको छ, शाखाको भविष्य सुन्दर छ ।’

फास्ट ट्रयाकका प्रबन्ध निर्देशक ताम्लिङले शैक्षिक कन्सल्टेन्सीबारे थुप्रै कुरा गर्न भ्याए । फास्ट ट्रयाक विश्वसनीय र इमान्दार कन्सल्टेन्सी रहेको उनको दावी छ । झापामा पनि कन्सल्टेन्सी च्याउ उम्रेसरी खुलेका छन् । विदेशमा अध्ययन गर्न चाहनेको सङ्ख्या उस्तै छ । समयको माग अनुसार नै कन्सल्टेन्सीको सङ्ख्या बढेको हुनसक्ने ताम्लिङ बताउँछन् । उनी भन्छन्, ‘विदेश नै गएर पढौँ भन्नेहरु बढ्दो छन्, आवश्यकता महसुस गरेरै हुनुपर्छ सन् २०१५/१६ बाट कन्सल्टेन्सी बढेको ।’ तर, केही कन्सल्टेन्सीले अस्वस्थ प्रतिस्पर्धा गरेकोमा भने उनी असन्तुष्ट छन् । भन्छन्, ‘विद्यार्थीको मर्म बुझेर खुलेका कन्सल्टेन्सीले स्वस्थ प्रतिस्पर्धा मात्र गर्छन् ।’

फास्ट ट्रयाक सञ्चालनमा आएको १० वर्ष भयो । यसबीचमा धेरै उतारचढाव आएको बताउँछन् ताम्लिङ । आफूहरुले विद्यार्थीलाई सही परामर्श दिएर जापान पठाउँदै आएकाले अस्वस्थ प्रतिस्पर्धा गर्नेसँग डर छैन, ताम्लिङको स्पष्ट भनाई छ । भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धा गर्नेहरु बिस्तारै आफैँ पछि पर्छन् ।’ 


फास्ट ट्रयाक ब्राण्डेड कम्पनी हो । यसले शिक्षा मन्त्रालयबाट अनुमति लिएको छ । विद्यार्थीको भिसा नलागेसम्म पैसा लिँदैन । अभिभावकले पनि फास्ट ट्रयाकलाई पूर्णरुपमा विश्वास गरेका छन् । अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई फास्ट ट्रयाकमा आउन आग्रह गर्छन्, प्रवन्ध निर्देशक ताम्लिङ । सन् २००७ मा स्थापना भएको फास्ट ट्रयाकले हजारौँ विद्यार्थीलाई अब्रोड स्टडीका लागि जापान पठाइसकेको छ । फास्ट ट्रयाकले आइइएलटीएस, ल्याङग्वेज र तयारी कक्षाहरु पनि सञ्चालन गरिरहेको छ । 

प्रतिकृया दिनुहोस