खेलकुद

धुलावारी माविलाई गृहलक्ष्मीको भलिबल उपाधि

धुलावारी । प्रथम गृहलक्ष्मी सहकारी अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि धुलावारी माविले जितेको छ । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका ९ औँ वार्षिक उत्सवको अवसर पारेर संस्थाले मेचीनगरस्तरीय छात्रा भलिबलको आयोजना गरेको थियो । जसमा मेचीनगरका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । फाइनल खेलमा सरस्वती शिक्षा सदनलाई ......»विस्तृतमा

कनकाई नगरपालिकाको वडास्तरीय क्रिकेटको उपाधि ७ नम्बरलाई 

सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा चम्पापुर माविको खेल मैदानमा भएको दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कनकाई नगरपालिका ७ नम्बर वडाले जितेको छ ।   बिहीबार भएको फाइनल खेलमा ७ नम्बरले वडा नम्बर ९ लाई ३४ रनले पराजित गर्दै उक्त उपाधि रक्षा गरेको हो । उपाधिसँगै विजयी ७ नम्बरको टीमले नगद १६ हजार १११ रुपैयाँ , शिल्ड र ......»विस्तृतमा

धुलाबारी फुटबल ट्रेनिङ सेन्टर फाइनलमा 

बाहुनडाँगी । धुलाबारी फुटबल ट्रेनिङ सेन्टर जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नवज्योति युवा क्लब मेचीनगर ३ बडाखालले आयोजना गरेको प्रतियोगिताको बिहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक क्लबलाई २–० को गोल अन्तरले हराउँदै धुलाबारीले फाइनलको यात्रा तय गरेको हो ।  जीतका लागि खेलको ३६औं मिनेटमा विकास राई र ......»विस्तृतमा

क्यानडालाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेट बाँकी छदा भेटेको हो। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुग्दै सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको छ। नेपाललाई करन केसीले महत्वपूर्ण जीत दिलाएका छन्। उनले ३१ बलमा ३ चौका र ४ ......»विस्तृतमा

बिर्तामोड युनाइटेड अन्तिम ४ मा उक्लियो

बाहुनडाँगी । बिर्तामोड युनाइटेड फुटबल क्लब जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नवज्योति युवा क्लब मेचीनगर ३ बडाखालले आयोजना गरेको खेल अन्तरगत बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ३–१ को गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रालाई निश्चित गरेको हो । ......»विस्तृतमा

धाइजन चारआली क्लब सेमीफाइनलमा

बाहुनडाँगी । नवज्योति युवा क्लब मेचीनगर ३ बडाखालले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आजको खेलबाट धाइजन चारआली क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो चरणको खेलमा नवज्योति फुटबल ट्रेनिङ सेन्टरलाई ३–० को गोल अन्तरले हराउँदै धाइजन चारआलीले समीफाइनलको यात्रा तय गरेको हो । जीतका लागि खेलको १०औँ मिनेटमा ......»विस्तृतमा

झापा गोल्डकप फागुन १९ गतेदेखि शुरु

विर्तामोड । सर्वाधिक पुरस्कार राशीको ‘झापा गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन १९ गतेदेखि शुरु हुने भएको छ । गोल्डकपमा मुलुकका १० टीमको सहभागिता रहने आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आयोजक झापा ११ सहित सहारा क्लब पोखरा, मनाङ मस्र्याङदी क्लब, थ्री स्टार, हिमालयन शेर्पा, सुदुर पश्चिम ११, रुपन्देही ११, ......»विस्तृतमा

नेपालद्वारा केन्या ३ विकेटले पराजित

काठमाडौं । नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ। नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पार गरेको हो। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले ४२-४२ रन बनाए। शरद भेषवाकरले १९ रन बनाए। अन्य खेलाडीले ......»विस्तृतमा

मेचीनगरस्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता फागुन १ देखि 

मेचीनगर । झापाको मेचीनगरमा फागुन १ गतेदेखि प्रथम निर्मल राई स्मृति मेचीनगरस्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता हुने भएको छ ।  आयोजक अरुणोदय आवासीय माध्यमिक विद्यालय मेचीनगर ६ ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगतामा १४ वटा निजी र एउटा सामुदायिक गरी १५ वटा विद्यालयले सहभागिता जनाउने जानकारी दिइएको छ । प्रतियोगिता ......»विस्तृतमा

नेपालले युएईलाई ४ विकेटले पराजित

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ। यो जीतसँगै नेपाल विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहेको छ। नेपालका कप्तान पारस खड्काको अर्ध शतकको मद्दतमा नेपालले युएईलाई पराजित गरेको हो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन प्रहार गरे। आरिफ शेखले १६ रन, रोहितकुमार पौडेलले १२ रन, सोमपाल ......»विस्तृतमा