राष्ट्रिय निर्वाचन २०७४

१०० मत पनि नकटाउने झापाका २० उम्मेदवार, १११ जनाले जमानत जोगाएनन् 

झापा । मंसीर २१ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा झापाका २० जना उम्मेदवारले १०० मत पनि प्राप्त गरेनन् ।  सय मत पनि नपाउनेमा बढी उम्मेदवार प्रदेशसभाका छन् ।  जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधि सभातर्फका ९ र प्रदेशसभातर्फका ११ गरी २० जना उम्मेदवारले सय मत पनि नल्याएका हुन् । सय मत पनि नपाउने उम्मेदवारहरुमा......»विस्तृतमा

समानुपातिकबाट कुन दलले कति सांसद पाउँछन् ? (अन्तिम मत परिणामसहित)

समानुपातिकको मतगणना सकियो

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मतसहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ । राजपाले ४ लाख ७२ हजार २५४ र ......»विस्तृतमा

झापामा मतदाता शिक्षा कति प्रभावकारी ? ९५,८४२ मत बदर !!

प्रतक्ष्यमा १८,९१५ ।। समानुपातिकमा प्रतिनिधिसभाः ३१,२५२ ।। प्रदेशसभाः ४५,६७५ ।।

झापा । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न र नयाँ संविधानको कार्यान्वयनका लागि भएको प्रथम निर्वाचनमा बाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । मंसीर १० र २१ गते सम्पन्न निर्वाचनको परिणाम अनुसार प्रत्यक्षतर्फ बाम गठबन्धनले दुई तिहाइ बहुमत पाएको छ भने समानुपातिकमा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र ......»विस्तृतमा

झापामा सरदर १० प्रतिशत समानुपातिकको मत बदर

भद्रपुर । मंसीर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फको समानुपातिकमा ८ दशमलव १० प्रतिशत र प्रदेशसभाको समानुपातिकमा १२ दशमलव ३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार प्रतिनिधि सभाअन्तर्गत निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेका थियो । जसमध्ये पाँच हजार ५०३ मत ......»विस्तृतमा

समानुपातिकतर्फ ८२ प्रतिशत मत गणना

एमालेले २८ लाख कटायो

काठमाडौं l प्रतिनिधिसभाको समानुपातिक तर्फको करिब ८२ प्रतिशत मतगणना सम्पन्न भएको छ। एक करोड ५ लाख ८७ हजार ५२१ मध्ये ८३ लाख १४ हजार ४६३मत गणना भइसकेको छ।  समानुपातिकमा एमालेको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार कांग्रेसभन्दा एमाले ८४ हजार मतले अघि छ । हालसम्मको परिणामअनुसार नयाँ शक्ति पार्टी नेपाल, राप्रपा (प्रजातान्त्रिक), ......»विस्तृतमा

झापाका मतदाता कति शिक्षित ? ४ दशमलव ७४ प्रतिशत मत बदर

भद्रपुर । मंसीर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४ दशमलव ७४ प्रतिशत अर्थात १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार निर्वाचन क्षेत्र नं. १ मा खसेको मत ७३ हजार ३०३ मा दुई हजार ६६७ मत बदर भएको छ । यस्तै निर्वाचन क्षेत्र......»विस्तृतमा

प्रदेशसभामा कुन दलबाट कति जनाको प्रतिनिधित्व हुँदैछ ? 

झापा । पहिलो पटक भएको प्रदेशसभाको निर्वाचनबाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आफ्ना प्रतिनिधिहरु निर्वाचन गरेर पठाइरहेका छन् । मंसीर १० गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आइसके पनि मंसीर २१ गते भएको निर्वाचनको मतगणना यतिबेला अन्तिम चरणमा पुगेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटका लागि भएको निर्वाचनबाट ३२७ स्थानको ......»विस्तृतमा

सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना पुनः सुरु गर्ने सहमति भएको छ । अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि विवाद भएका कारण गणनाको काम रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गणना सुरु गर्ने सहमति भइसकेको जानकारी दिए । उनले भने, ‘निर्वाचन आयोगले अविलम्ब गणना सुरु गर्न निर्देशन दिइसकेकाले काम पनि सुरु भयो ।’

सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना पुनः सुरु गर्ने सहमति भएको छ । अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि विवाद भएका कारण गणनाको काम रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गणना सुरु गर्ने सहमति भइसकेको जानकारी दिए । उनले भने, ‘निर्वाचन आयोगले अविलम्ब गणना सुरु गर्न निर्देशन दिइसकेकाले काम पनि सुरु भयो ।’ ......»विस्तृतमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधी सभा सदस्य निर्वाचित भएका छन् । दाहालले ४८२७६ मतकासाथ विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८९३२ मत प्राप्त गरे ।

माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधी सभा सदस्य निर्वाचित भएका छन् । दाहालले ४८२७६ मतकासाथ विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८९३२ मत प्राप्त गरे । ......»विस्तृतमा

सुनसरी क्षेत्र नं.ं ३ को मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा अर्धकट्टीसहितका ९ वटा मतपत्र भेटिएपछि नेकपा एमालेले मतगणना बहिस्कार गरेसँगै स्थगित गरिएको हो । भेटिएका मतपत्रमा रुख चिन्हमा छाप लगाइएको पाइएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा छ । अहिलेसम्मको मतगणनामा चौधरीले झिनो मतले अग्रता लिइरहकेकी थिइन् ।

सुनसरी क्षेत्र नं.ं ३ को मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा अर्धकट्टीसहितका ९ वटा मतपत्र भेटिएपछि नेकपा एमालेले मतगणना बहिस्कार गरेसँगै स्थगित गरिएको हो । भेटिएका मतपत्रमा रुख चिन्हमा छाप लगाइएको पाइएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा छ । अहिलेसम्मको मतगणनामा ......»विस्तृतमा