साहित्य

जीवनवादी , रसवादी, रहस्यवादी, सौन्दर्यवादी, प्रकृतिप्रेमी ,राष्ट्रवादी, नारी चेतनस्वरका धनी :घिमिरे

काठमाडौँ l आउँदो असोज ७ गते शताब्दी वर्ष चुम्न लागेका राष्ट्रकवि माधव घिमिरेको सम्वत् १९८० को दशकबाट बामे सरेर ९० को दशकमा सार्वजनिक भएको काव्यलोकले आज ९ दशक पार गरिसकेको छ । ‘बैराग्य शतक’ कविता लेखेर नेपाली साहित्यमा प्रवेश गरेका घिमिरे आज उमेरका हिसाबले पनि शतकको द्वारमा छन् । सार्वजनिक रूपले वि. सं. १९९२ सालमा ‘ज्ञानपुष्प’ नामक ......»विस्तृतमा

पानीलालले लेखे कोचको इतिहास

बिर्तामोड । कोच राजवंशीको भाषा संस्कृति समुदायको भूमि इतिहास एवम् उत्पत्तीलाई समेटेर पानीलाल राजवंशीले लेखेको ‘कोच राजवंशीको छोटो ऐतिहासिक परिचय’ नामक पुस्तक आज लोकार्पण गरिएको छ ।  बागडुम्का पब्लिकेशनको पहिलो प्रकाशनका सो पुस्तक आज झापाको बिर्तामोडमा विमोचन गरिएको हो ।   बागडुम्का पब्लिकेशनका अध्यक्ष मुनिलाल राजवंशीको ......»विस्तृतमा

रोल्पामा गुञ्जिए सातै प्रदेशका कवि  : प्रदेश १ बाट ज्योति जङ्गल

 रोल्पा l बृहत् साहित्य सम्मेलन– २०७५ अन्तर्गत भएको राष्ट्रिय कविता प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी प्रथम भएका छन्। उनको ‘आऊ साइँला एकैछिन् भलाकुसारी गरम्’ शीर्षकको कविता प्रथम भएको हो। उनले ३५ हजार राशिको पुरस्कार, स्वर्ण पदक र प्रमाणपत्र हात पारे। यस्तै अछामका लक्ष्मण संगम द्वितीय र सिन्धुपाल्चोकका सुरेश अधिकारी ......»विस्तृतमा

वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई लीलाध्वज साहित्य सम्मान

 काठमाडौं l वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’  प्रदान गर्ने भएको छ।  नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पुर्‍याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए।   आगामी असार १५ गते सो सम्मान ......»विस्तृतमा

युनिकमा ‘युनिक’ कार्यक्रम

मेचीनगर l मेचीनगर–१२ सहरेडाँगीस्थित युनिक इङ्लिस बोर्डिङ स्कूलले शनिबार नामजस्तै ‘युनिक’ कार्यक्रम आयोजना गर्यो । अंग्रेजी माध्यममा पढाई हुने निजी बोर्डिङ स्कूलले पनि यस्तो कार्यक्रम आयोजना गरेकोमा सहभागी निकै दंग देखिन्थे । स्कूलले झापा तथा इलामका चर्चित साहित्यकारलाई उपस्थित गराएर कवि गोष्ठी सम्पन्न गरेको हो । उनीहरुले ......»विस्तृतमा

साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार

काठमाडौं l सरकारले साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।   मन्त्रिपरिषदको शनिबार बसेको बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। प्रगतिवादी साहित्यकारका रूपमा चिनिने कवि रिमाललाई नेपाली साहित्यमा गद्यमा कविता लेखनको सुरुवातकर्ता मानिन्छ। उनको ......»विस्तृतमा

साहित्यकार रोथको ८५ वर्षको उमेरका निधन

 अमेरिका I अमेरिकाका बरिष्ठ लेखक फिलिप रुथको ८५ वर्षको उमेरमा निधन भएको छ । द पुलिट्जर, नेशनल बुक अवार्ड र मेन बुक इन्टरनेशनल जस्ता पुरस्कार विजेता लेखक फिलिप बुधबार रुथको निधन भएको हो । अमेरिकन पाष्टोरल, आइ म्यारिड अ कम्युनिष्ट र पोर्टनोयज कम्प्लेन्ट जस्ता पुस्तहरुका लेखकका रुपमा उहाँ चर्चित हुनुहुन्थ्यो । फिलिपका एक घनिष्ठ ......»विस्तृतमा

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि भारत लगिँदै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उनकी बुहारी विजेता घिमिरेले जानकारी दिएकी हुन् । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लैजान लागिएको हो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको ......»विस्तृतमा

राष्ट्रकवि घिमिरे अस्वस्थ, दुई हप्तादेखि ग्राण्डीमा भर्ना

काठमाडौँ l९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि विगत १५ दिनदेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएका छन् । उनको छोरा इन्डिबर घिमिरेका अनुसार आउँदो असोज ७ गते सय वर्ष लाग्ने राष्ट्रकवि क्रोनिक ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका हुन्। केही समय यता उनको दिशामा रगत ......»विस्तृतमा

कवि पराजुलीका कविताले दर्शकका आँखा रसाए

झापा । कविताले नै सेलिब्रेटी बनेका कवि नवराज पराजुलीले आइतबार बुधबारेमा आफ्नो आधा दर्जन कविता बाचन गरेका छन् । बुद्धशान्ति गाउँपालिकाले आयोजना गरको नवराज पराजुलीको बुद्धशान्ति कविता कन्सर्टमा उनले आप्mनो सगरमाथाको गहिराइ नामक कविता संग्रहका आधा दर्जन कविता वाचन गरेका हुन् । गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलको सभापतित्व तथा ......»विस्तृतमा