स्थानीय तह

नयाँवर्ष मनाउने गज्जबको काइदा, बृद्धबृद्धालाई घरमै पुगेर उपचार सेवा

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आज बिहानै पथरी बजारमा पञ्चेबाजा बजाएर नयाँवर्षलाई स्वागतसहित नगरबासीलाई शुभकामना दिएको छ । बिहान ४ वजेदेखि साढे ५ बजेसम्म नगरपालिका कार्यालयबाट सुरु गरी पथरीका विभिन्न चोकमा पुगेर पञ्चेबाजा टोलीले बाजा वजाएर नगरपालिका कार्यालयको तर्फबाट नगरबासीलाई नयाँवर्षको शुभकामना दिएको हो । ......»विस्तृतमा

बुधबारेमा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

बुधबारे । झापाको बुद्धशान्ति १ मा महिलाद्वारा आयोजना गरिएको उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी ६ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।  महिला छाता संगठन बुद्धशान्ति १ साविक बुधबारे ६ ले आयोजना गरेको तालिमको आज समापन भएको हो ।  संगठनका अध्यक्ष गीता खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का महिला सदस्य यमुना ......»विस्तृतमा

समृद्ध भद्रपुरका लागि एकताको खाँचोः नगरप्रमुख श्रेष्ठ

भद्रपुर ।     भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समृद्ध भद्रपुर बनाउन सबै तह र क्षेत्रका बासिन्दाबीच एकताको खाँचो रहेको बताएका छन् । प्रेस क्लब भद्रपुरले आज आयोजना गरेको नगर जनप्रतिनिधिहरुको स्वागत सम्मान तथा नगर विकासमा पे्रस क्लबको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले सुस्तरुपमा रहेको ......»विस्तृतमा

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ

काठमाडौँ l गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्वत चयन भएका छन् । महासंघको सोमबार राजधानीमा सकिएको महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति चयन भएको हो । श्रेष्ठ सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष हुन् । महासंघको उपाध्यक्षमा मेनुका काफ्ले, महासचिवमा वंशलाल तामाङ, सचिवमा ......»विस्तृतमा

भद्रपुरमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रका सडक सामुदायिक कुकुरको लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बिहीबार शुरु गरिएको यो अभियान सोमबारसम्म चल्नेछ ।  कुकरको टोकाइबाट सर्नसक्ने प्राणघातक रेविज रोग फैलन नदिन कुकुरको संख्यामा कमी ल्याउन बन्ध्याकरण अभियान चलाइएको भद्रपुर नगरपालिकाले जनाएको छ । कुनै पनि जनावर मार्न नपाइने ......»विस्तृतमा

भद्रपुरबाट काजीमानको विदाई, श्रेष्ठको स्वागत

भद्रपुर । नेपालकै पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा कार्यकारी अधिकृत तथा हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा झण्डै डेढ वर्ष लामो सेवा पुर्याई सरुवा भएका काजीमान राईलाई  नगरपालिकाले सोमबार सम्मानसहित विदाइ गरेको छ । राई पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिकाबाट २०७३ कात्तिक ४ गते भद्रपुर नगरपालिकामा सरुवा भई आएका थिए । ......»विस्तृतमा

भद्रपुर १० अब खुला दिसामुक्त क्षेत्र

भद्रपुर ।     भद्रपुर नगरपालिकाको १० नम्बर वडालाई तामझामका साथ पहिलो खुला दिसामुक्त वडा घोषणा गरिएको छ । नगर मातहतमा रहेको खानेपानी सरसफाई तथा स्वच्छता समितिको आयोजनामा १ हजार ९०९ घरधुरी रहेको १० नं. वडालाई शुक्रबारबाट पूर्ण रुपमा खुला दिसामुक्त वडा घोषणा गरिएको हो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले वडा नं. १० लाई ......»विस्तृतमा

गाउँ नगरका मुद्दा न्यायिक समितिले निरुपण गर्दै 

मेचीनगर । झापा जिल्लाका स्थानीय तहमा न्यायिक समितिले सुनवाई थालेपछि अधिकांश मुद्दा स्थानीय तहमै मिलापत्र हुन थालेका छन् ।  मेचीनगर नगरपालिकास्तरीय न्यायिक समितिले लेनदेन, जालसाजी, जग्गा सम्बन्धी मुद्दाको सुनवाई थालेपछि सदरमुकाम पुग्ने मुद्दामा समेत निक्कै कमी आएको पाइएको हो । नयाँ संविधानले स्थानीय सरकारलाई २२ प्रकारको ......»विस्तृतमा

अर्जुनधारामा वडाहरुको कामबारे प्रमुख उपप्रमुखबाट अनुगमन 

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले वडाभित्रका काम कारबाहीबारे जानकारी लिन अनुगमन गर्न शुरु गरेको छ । वडागत विकासका काम र प्रगतिबारे अर्जुनधारा नगरपालिकाले संविधान अनुसार नगर क्षेत्रको अनुगमन गर्दै आफ्नो अधिकार क्षेत्र स्पष्ट गरेको हो ।  सोमबार अर्जुनधारा नगरपालिका वडा न १ को वडागत अनुगमन गरी त्यहाँ भएका विकास निर्माण, भिमले आधारभूत......»विस्तृतमा

‘काँकरभिट्टाबाट विषादियुक्त खाद्यवस्तु भित्राउन दिइन्न’ : नगरप्रमुख आचार्य 

मेचीनगर । पूर्वी सीमानाका काँकडभिट्टाबाट नेपाल भित्रिने विषादियुक्त खाद्यवस्तु नेपाल प्रवेशमा रोक लगाउने तयारी भएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाकाबाट प्रवेश गरेका विषादियुक्त खाद्यवस्तुले नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएकोले रोक लगाउने तयारी गरेको जानकारी दिएका हुन् ।  जिल्ला समन्वय ......»विस्तृतमा