अखबारका पानाबाट

इन्जुरी टाइममा चुक्यो कोस्टारिका, ब्राजिलको पहिलो जित

काठमाडौं । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।  कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा ......»विस्तृतमा

पोद्दारको घरमा छापाः दैनिक पाँच करोडको हुन्डी

हुन्डी कारोवार र सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका विमल पोद्दारले दैनिक ५ करोडसम्मको हुन्डी करोवार गर्ने गरेको खुलेको छ ।  ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले पक्राउ गरेपछि बयानको क्रममा उनले सन् २०१५ पछि सुन तस्करीमा संलग्न नभएको तर हुन्डीको कारोवार गरिरहेको ......»विस्तृतमा

सभापतिहरूको प्रश्न : ट्रम्प र किम मिल्न सक्ने हाम्रा नेता मिल्न नसक्ने ?

हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए । भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिए । कतिपयले ......»विस्तृतमा

सिन्डिकेटवाला व्यवसायीहरु निर्णय उल्ट्याउने ध्यानमा

काठमाडौं ।  सरकारले साउन १ गतेदेखि यातायात समितिहरु नविकरण नगर्ने निर्णय गरे पनि ठूला  यातायात समिति भने कम्पनीको रुपमा दर्ता हुन अझै अटेरी गरिरहेका छन् ।  गत वैशाखमा मन्त्रिपरिषदले असार मसान्तदेखि संस्था दर्ता ऐनअनुसार दर्ता भएका यातायात समिति स्वतः खारेज हुने निर्णय गरेको थियो भने त्यसघि यातायात व्यवस्था विभागले ......»विस्तृतमा

घरपतिलाई होइन स्थानीय तहलाई बुझाउनुस् कर

काठमाडौं । तपाईँ कुनै घरको कोठा, फ्याट वा घर नै भाडा लिएर बसिरहनुभएको छ? तपाईँले तिरेको कुल भडामध्ये स्थानीय तहद्वारा निर्धारित घरबहाल कर तिरे\ नतिरेको थाहा छ ? यसमा शंका लागेको छ भने आगामी भदौ १ गतेदेखि कूल भाडामध्ये निर्धारित घरबहाल कर स्थानीय तहको नाममा कटाएर घरपतिलाई तिरे पनि फरक नपर्ने कानुन आउँदैछ। आगामी भदौ १ देखि लागू हुने मुलुकी ......»विस्तृतमा

एक वर्ष नपुगी सचिव–सहसचिवलाई सरुवा गर्न नपाइने

काठमाडौं । एक वर्ष नपुगी सरकारका सचिव र सहसचिवलाई अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बन्ने भएको छ। मन्त्री र सचिवबीच मनमुटाव हुनेवित्तिकै वा मन्त्रीले भनेअनुसारको काम गर्न असमर्थता जनाउनेवित्तिकै हटाउने प्रचलनलाई निरुत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको छ। कतिपय मन्त्रीले आफूअनुकुलको काम गराउन पनि जतिबेलै ......»विस्तृतमा

अपराध स्वीकार गरे ७५ प्रतिशत कैद छुट

काठमाडौं । १० वर्षे माओवादी द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार हनन गर्ने दोषीले अपराध स्विकारे ७५ प्रतिशत कैद मिनाहा हुने व्यवस्था गर्न लागिएको छ। तत्कालीन समयमा भएका गम्भीर मानवअधिकार हननका विषय छानबिन गर्न बनेको ऐन संशोधन मस्यौदामा यस्तो व्यवस्था ल्याइएको हो। बिहीबार मानवअधिकार आयोगमा गरिएको एक ......»विस्तृतमा

विदेशमा बसेर फेसबकुमार्फत नेपालबारे जभाभावी लेख्नेलाई यस्तो कानुन्

नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, टिुवटरको अनुगमन गर्ने भएको छ ।  प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ ।  विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो ।  छापा ......»विस्तृतमा

पाँच महिनामा भित्रिए साढे चार लाख पर्यटक

काठमाडौं । पाँच महिनामा साढे चार लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको पहिलो पाँच महिना (मे २०१८)सम्म चार लाख ५४ हजार ८५५ पर्यटकले नेपाल भ्रण गरेका छन्। यो संख्या सन् २०१७ को पहिलो पाँच महिनाको तुलनामा १२ दशमलब पाँच प्रतिशत बढी भएको  छ। गत वर्ष यस अवधिमा चार लाख चार हजार ३४८ जना पर्यटक नेपाल ......»विस्तृतमा

सार्वजनिक जग्गा ब्यक्तिका नाममा : ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोलस्ीसमेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा ......»विस्तृतमा