अन्तरराष्ट्रिय

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा ७ दशमलव २ म्याग्निच्युटको भुकम्प गएको छ । वहाका राज्य नजिकै केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का ३ सय किलोमिटर टाढा रहेको राजधानी मेक्सिकोसिटीसम्म महसुस गरिएको थियो । मेक्सिकोमा एक शताब्दीयताकै शक्तिशाली भूकम्प भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मानवीय क्षतिको कुनै विवरण हालसम्म......»विस्तृतमा

चीनले बनाउँदै छ विश्वकै नमूना सहर, यस्ता छन् विशेषता

बेइजिङ । भौतिक संरचना निर्माणमा निकै प्रगति गर्दै आएको चीनले विश्वकै नमूना सहर बनाइरहेको छ । जलवायु परिवर्तन र यसबाट निम्तिएको संकट न्यूनिकरण गर्ने उद्देश्यले चीनले एउटा यस्तो सहर बनाइरहेको छ, जहाँ हरेक घरमा हरियाली पाइनेछ । लिउझोउमा चीनले ‘वन सहर’ बनाइरहेको हो, जहाँ ३० हजार मानिस बस्न सक्नेछन् । केही वर्षमै तयार हुने यो सहरमा ......»विस्तृतमा

काबुलमा आत्मघाती विस्फोट, कम्तीमा ४० जनाको मृत्यु, १४० बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार आत्मघाती आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । अरु १४० जनाभन्दा बढी घाइते भएका छन् । अस्पतालहरुमा उपचार गराइरहेकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । एम्बुलेन्समा विस्फोटक पदार्थ लिएर आएका आक्रमणकारीले प्रहरी चेकपोस्ट हुँदै सार्वजनिक ......»विस्तृतमा

उत्तर कोरियाली सरकारी प्रतिनिधिमन्डल दक्षिण कोरियामा

सोल । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमन्डल आइतबार दक्षिण कोरिया पुगेको छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकाले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमन्डल सोल पुगेको हो । यो स्तरको उत्तर ......»विस्तृतमा

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

मिटिगा। लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि ......»विस्तृतमा

एक अपराध : जसमा सुनाइयो १३ हजार २७५ वर्ष कैद सजाय

थाइल्याण्ड। थाइल्याण्डको एक अदालतले ठगी मुद्दामा एक अपराधीलाई १३ हजार २७५ वर्षको कैद सजाय दिएको छ। यो सजाय पाउने व्यक्ति हुन्, ३४ वर्षीय पुडित कितिथार्दिकलोक। उनले पोजी स्किम मार्फत हजारौं व्यक्तिलाई ठगेका थिए। पुडितले अदालतसामु अपराध स्वीकार गरेका थिए। पुडितले विभिन्न झुठा प्रतिबद्धता व्यक्त गर्दै ४० हजार मानिसलाई उक्त स्किममा ......»विस्तृतमा

कस्मिरमा पृथकतावादी समूह ‘जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए

काठमाडौं । भारत नियन्त्रित जम्मु कस्मिरमा पृथकतावादी समूह जैस–ए मोहम्मदका एक वरिष्ठ कमान्डर मारिएका छन् । भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो । श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ । विशेष गुप्तचरको सूचनाअनुसार सो ......»विस्तृतमा

इमिरेट्स एयरलाइन्सको विमान ट्युनिसियामा अवतरण गर्न प्रतिबन्ध

काठमाडौं । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो । ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै ......»विस्तृतमा

एउटा सांसदले चाहायो भने एक वर्षमै यसरी हुन्छ गाउँको विकास

गुजरात । विकास निर्माणका लागि राजनीतिक नेतृत्व इमानदार हुन जरुरी छ । साथै उसमा विकास निर्माणका लागि इच्छाशक्ति आवश्यक पर्दछ । एउटा सांसदले चाहेमात्र पनि कुनै गाउँले एक वर्षमै विकास निर्माणमा कायापलट गर्न सक्छ भन्ने एउटा गतिलो उदाहरण छिमेकी मुलुक भारतको गुजरात राज्यको चिखली गाउँ बनेको छ । यो गाउँमा दुईवर्ष अघिसम्म मानिसहरु भौतिक ......»विस्तृतमा

सुचीकै संलग्नतामा रोहिंग्यामाथि दमन भएको राष्ट्रसंघको आरोप

म्यान्मार । म्यान्मारमा अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भएको दमनमा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुचीकै संलग्नता रहेको आरोप लाग्न थालेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायका प्रमुख जेड राड अल हुसेनले म्यानमार नेतृ सुचीले नै अल्पसंख्यक रोहिंग्यामाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन् । सैन्य ......»विस्तृतमा