मनोरन्जन

जीवनको गीत जति जति टाढा गयो यूट्यूवमा

झापा । गायक जीवन गुरुङको एल्बम समर्पणमा समावेस जति जति टाढा गयो बोल गीतको म्यूजिक भिडियो प्रणय दिवसको अवसरमा आज सार्वजनिक भएको छ।  उक्त गीतको शब्द, संगीत तथा स्वर जीवन गुरुङ स्वयंको रहेको छ भने म्यूजिक भिडियोको निर्देशन जगन राईले गरेका छन्। डिजे कृश र नविनाले अभिनय गरेको गीतलाई हाइलाइट्स म्यूजिकले बजारमा ल्याएको हो।  आफूले ......»विस्तृतमा

बोर्डरल्यान्ड म्युजिक फेस्टिबल बिहीबारदेखि

काँकरभिट्टा । बोर्डरल्यान्ड म्यूजिक फेस्टिबल बिहीबारदेखि काँकरभिट्टामा शुरु हुँदैछ । भ्यालेन्टाइन डेको अवसरमा हुने तीन दिने फेस्टिबलमा मुलुक कै चर्चित ब्यान्ड तथा गायकले काँकरभिट्टाको साँगीतिक माहोल तताउने छन् । तीन दिने साँगीतिक फेस्टिबलमा पहिलो दिन बिहीबार अन्डर साइट, मौन र आरोग्य ब्यान्डले प्रस्तुति दिनेछन् । पहिलो दिन ......»विस्तृतमा

बिर्तामोड मिस नेपाल २०१८ को अडिसन (भिडियोसहित) 

बिर्तामोड । मिस नेपाल २०१८ को छनौट कार्यक्रम झापाको बिर्तामोडमा आज सम्पन्न भएको छ ।  हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको २३औं संस्करणका लागि प्रतियोगी छनौट गर्न यसपटक झापालाई पनि रोजिएको हो । मिस नेपालको बिर्तामोड अडिसनमा झापाका १२ जना युवतीको सहभागिता रहेको थियो ।  बिर्तामोडको होटल फ्लोरिडामा भएको छनौट कार्यक्रमको ......»विस्तृतमा

हलमा यस्तो देखियो अनमोलको क्रेज

काठमाडौं । नायक अनमोल केसीको स्टारडम हलमा देखिएको छ। लगातार ४ हिट फिल्म दिएका अनमोलले पुन: आफ्नो स्टारडमलाई प्रमाणित गरेका छन्। लगभग २ वर्षपछि पर्दामा आएका अनमोललाई हेर्ने दर्शकको क्रेज राम्रै देखिएको छ। शुक्रबारबाट प्रदशर्नमा आएको कृ ले हाउसफुलको व्यापार गरिरहेको छ। पहिलो दिन देशैभरि ७५ प्रतिशत अकुपेन्सी रहेको ‘कृ’को दोस्रो ......»विस्तृतमा

पूर्वीय संस्कृतिमा आधारित चलचित्र बैना निर्माण हुने

झापा । नेपालको पूर्वीय संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘बैना’ निर्माण हुने भएको छ । झापाली निर्देशक दिलप्रकाश याक्सो ‘टाइगर’ को निर्देशनमा निर्माण हुने चलचित्रमा राजकुमार लिङदेन ‘राजु’ को प्रस्तुती रहने छ । ६० लाख रुपैंयाको लागतमा निर्माण गरिने सो चलचित्र फागुनको अन्तिम साताबाट छायाङकन शुरु गरिने निर्देशक याक्सोले ......»विस्तृतमा

काँकरभिट्टामा ‘बोर्डर म्युजिक फेस्टिबल’ हुने

झापा । ‘भ्यालेन्टाइन डे’ को अवसरमा झापाको काँकरभिट्टामा तीन दिने ‘बोर्डर म्युजिक फेस्टिबल’ हुने भएको छ । आगामी फागुन ३, ४ र ५ (फेबररी १५, १६ र १७) गते काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा म्युजिक फेस्टिबल आयोजना गर्न लागिएको आयोजक ‘अन्त्यको सुरुवात’ समूहका संयोजक म्याक्स अभय पोखरेलले जानकारी दिए । ‘रकिङ ......»विस्तृतमा

मोर्डन माविमा सांस्कृतिक कार्यक्रम

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ६ मा सञ्चालित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयमा आज अतिरिक्त कृयाकलाप अन्तरगत विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत कक्षा ९ को आयोजनामा नृत्य, गायनलगायत विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले सहभागिता......»विस्तृतमा

जीव वैज्ञानिक गुरुङले लेखेर गाए राष्ट्रिय गीत (म्यूजिक भिडियोसहित)

झापा । नेपाली गीत संगीतको दुनियाँमा एउटा राष्ट्रिय गीत थपिएको छ ‘वीरताको कथा लेख्ने हामी नेपाली’ सर्जक हुन्, जीव वैज्ञानिक जीवन गुरूङ । आफ्नै शब्द, संगीत र स्वरमा समर्पण एल्वम लिएर स्रोता तथा दर्शक माझ गुरुङ आएका छन् ।  मधेशी, पहाडी, हिमाली हामी सबै नेपाली हौं भन्ने मूलभावका साथ राष्ट्रलार्इ एकतावद्ध बनाउन गीतको माध्यमबाट प्रयास ......»विस्तृतमा

सरोगेसी र सेलेब्रिटी

काठमाडौँ  ।अमेरिकी मोडल किम कार्दिसियन र उनका पति कान्ये वेस्ट सोमबार तेस्रो सन्तानका मम–डयाड भए । पहिलो र दोस्रो सन्तानजसरी भने हैन । उनीहरूका यसअघिका सन्तान किमले नै जन्माएकी थिइन् भने तेस्रो सन्तानलाई उनीहरूले सरोगेसीका माध्यमबाट जन्माएका हुन् । एउटा गम्भीर रोगका कारण किमले अरू सन्तान जन्माउन नमिल्ने भएपछि उनीहरूले ......»विस्तृतमा

चुलाचुलीमा सर्जमिन हेर्न  दर्शकको भिड

चुलाचुली । नाटक सुरू भएको दर्शकले पत्तो पाएनन् । नाटक हेर्न हातमा टिकट लिएर लाइन बसेका दर्शकहरूलाई कुखुराको भाले बोकेर किन्ने हो ? भन्दै रंगकर्मी सोमनाथ खनाल पञ्चायत समयका मेला सम्झेर डुलिरहेको दृश्य हेर्दा साँच्चै नै माघ २ गते चुलाचुली – ३ स्थित कवर्ड हलमा नाटक हेर्न चुलाचुलीबासीको भिड थियो । ६०० दर्शकले हेर्न सफल नाटक पुष्कर शमशेरको ......»विस्तृतमा