प्रवास

नेपाली दूताबासका कर्मचारीलाई युएईमा भब्य स्वागत

युएई । गैैर आवासीय नेपाली संघ युएई, राष्ट्रिय समन्वय समिति र नेपाल आदिवासी जनजाति महासंघ युएईको संयुक्त आयोजनामा युएईको नेपाली राजदुतावसका नयाँ कर्मचारीहरुको हिजो स्वागत तथा सम्मान गरिएको छ ।  नेपाली दूताबासका नव नियुक्त उपनियोग प्रमुख एवम्  कार्यवाहक राजदूत सागर फ़ुयाँल, श्रम सहचारी मोतीराम भुसाल र तृतीय सचिव नारायण ज्ञवालीको ......»विस्तृतमा

सिन्धुपाल्चोक सेवा समाज युएईले "सोनाम ल्होछार सांझ" मनाउदै

दुबई । बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले "ल्होछार सांस्कृतिक सांझ" गर्ने भएको छ।   कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। ......»विस्तृतमा

​एनआरएनए युएईद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

युएई । गैर आवसीय नेपाली संघ युएई, राष्ट्रिय समन्वय समितिले जनवरी महिनालाई स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने घोषणा गरेअनुसार १९ जनवरीमा नेपाली राजदुतावास, आबुधाबीको हातामा बृहत्  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  एनआरएनए युएई, राष्ट्रिय समन्वय समितिको आयोजना तथा आबुधाबी क्षेत्रीय समितिको व्यवस्थापन रहेको ......»विस्तृतमा

प्रवासी नेपाली मंच युएई दुबई राज्य कमिटीमा नयाँ नेतृत्व

युएई । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च युएई, दुबई राज्य कमिटीको छैटौ अधिवेशन शुक्रबार १२ जनवरीमा सम्पन्न भएको छ ।  प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटीका अध्यक्ष श्याम कँडेलको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनले मणिराम खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  अधिवेशनमा अध्यक्ष ......»विस्तृतमा

कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई ५ करोड २६ लाख क्षतिपूर्ति (सूचीसहित)

  १० जनवरी, कुवेत । नेपाली राजदूतावास कुवेतले सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको छ । कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास ......»विस्तृतमा

एनआरएनए युएई, आबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की 

युएई । गैर आवासीय नेपाली संघ युएई, अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मतिले दुर्योधन कार्किलाई चयन गरिएको छ । गत वर्ष अगष्ट ३१ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मतले चयन भए पनि अध्यक्षमा सहमति हुन नसक्दा उक्त पद खाली थियो ।  झापाका दूर्योधन कार्की  विगत १५ वर्षदेखि युएईको इमिरेटस पेट्रो ......»विस्तृतमा

झापाकी तुम्रोकको मलेसियामा दूर्घटना, घर लाने पैसा छैन

क्वालालम्पुर । मलेसियामा रोजगारीको शिलशिलामा रहँदै आएकी झापाको कमल गाउँपालिका ५ की विष्णुमाया तुम्रोक आफ्नो बुबाको मृत्युको खबर पाएर नेपाल फर्कन एयरपोर्ट पुग्नै लाग्दा दूर्घटनामा परेर गम्भीर घाइते भएकी छन् ।   मलेसियाको क्वालालम्पुर नजिकै तुम्रोक सवार गाडीलाई लरी ट्रकले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएर केल हस्पिटलमा उपचार ......»विस्तृतमा

समाजसेवा अभियान रुपन्देही कतारको नयाँ नेतृत्व चयन 

कतार । समाज सेवा अभियान रुपन्देही कतारको छैटौं साधरणसभा तथा पाँचौं अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिबहादुर शाही, सचिव कृष्णप्रसाद न्यौपाने, सहसचिव शिवराज शाही, कोषाध्यक्ष विष्णु खड्का, सहकोषाध्यक्षमा मनोज कुंवर ......»विस्तृतमा

गोरखाका अपाङ्ग परिवारको सहयोगार्थ युएईमा अभियान

युएई । प्रवासी भुजेल समाज युएईले गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं. ३ याङ्डीका अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियान सुरु गरेको छ ।  युएईमा रहने भुजेल दाजुभाइ तथा दिदी बहिनीलगायत युएईबासी नेपालीमाझ सहयोगको अपील गर्दै अभियान सुरु गरिएको हो । ९० वर्षीय दलबहादुर भुजेल परिवाका सबै सदस्य जन्मजात  अपाङ्ग रहेका छन् । ४३ ......»विस्तृतमा

पत्रकार महासंघ युएईले १०औं वार्षिकोत्सव मनाउने 

युएई । प्रवासमा रहेर नेपाली पत्रकारिताको श्रीवृद्धिका लागि काम गरिरहेका पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ युएईले आफ्नो १०औं वार्षिकोत्सव आगामी १२ जनवरीमा मनाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ युएई च्याप्टरको आयोजनामा महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जनाइएको छ । वार्षिकोत्सवको ......»विस्तृतमा